आइतबार सुनको मूल्य ४ सय रुपैयाँ बढेर ४८ हजार २ सय ५०
१६ असार, काठमाडौं । तिरन्तर ओरालो लागेको सुनचाँदीको मूल्य आइतबार उकालो लागेको छ । आइतबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ । गत शुक्रबार सुनको मूल्य एकैदिन तोलामा १४ सय रुपैयाँ घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाला सुनको मूल्य तोलाको ४८ हजार ५ सय रुपैयाँ तोकेको छ । बिहीबार तोलामा १ सय ५० रुपैयाँ बढेर ४९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार एकैदिन १ हजार ४ सय रुपैयाँ घटेर ४८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार तेजाबी सुनको मूल्य पनि तोलामा ४ सय रुपैयाँ बढेर ४८ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार तेजाबी सुन तोलाको ४७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि आइतबार तोलामा २१ रुपैयाँ बढेर ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलाको ७ सय ९४ रुपैयाँमा कारोबार भएको थियो ।