महरा महासचिव हुने खबरले एमाओवादीमा हंगामा ,केन्द्रीय समितिको बैठकअघि पदाधिकारीमा छलफल
१३ असार, काठमाडौं । एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीभित्र पदाधिकारी चयनसम्बन्धी विवाद पुनः दोहोरिएको छ । कृष्णबहादुर महरालाई महासचिव बनाउने शीर्षनेतृत्वको सहमतिसम्बन्धी समाचार अनलाइनखबरमा बुधबार सार्वजनिक भएपछि लगत्तै महरालाई महासचिव हुनबाट रोक्न पार्टीभित्र सक्रियता बढेको छ । यही विवाद मिलाउन विहीबार बिहानै लाजिम्पाटस्थित प्रचण्ड निवासमा पदाधिकारी बैठकसमेत डाकियो । दिउँसो पेरिसडाडाँमा पूर्वनिर्धारित केन्द्रीय समितिको बैठक डाकिएको छ ।

बुधबार प्रचण्डनिकट एक उच्च तहका नेताले अनलाइनखबरसँग कुरा गर्दै कृष्णबहादुर महरालाई महासचिव र पोष्टबहादुर बोगटीलाई उपाध्यक्ष बनाउने शीर्ष तहमा सहमति भएको जानकारी गराएका थिए । तर, महरालाई महासचिव बनाउने तयारी सार्वजनिक हुनासाथ लाजिम्पाट चर्को दबावमा परेको छ । ‘महराजीको समाचार सार्वजनिक भएपछि पार्टीभित्रबाटै दबाव आयो । त्यसैले विहीबार बिहानै पदाधिकारी बैठक डाकियो । महरामा विवाद बढ्यो भने बोगटीजीलाई नै महासचिवमा यथावत राखेर अघि बढ्नुपर्ने अवस्था आउने देखियो ।’- एमाओवादी स्रोतले अनलाइनखबरसँग भन्यो ।
किन हुन्छ महराको विरोध ?
एकीकृत नेकपा माओवादीका संगठन विभाग प्रमुख कृष्णबहादुर महरा हेर्दा शालीन र सौम्य नेता देखिनुहुन्छ । तर, बाहिर देख्ता वहाँ जति नरम र मिलनसार देखिनुहुन्छ, भित्र उहाँ त्यतिकै षड्यन्त्रकारी व्यीक्त रहेको आरोप लगाउँछन् एमाओवादकिा केही नेताहरु । उहाँलाई महासचिव बन्न नदिन पार्टीभित्र निकै ठूलो जोडबल रहँदै आएको कुरा हेटौंडा महाधिवेशनमै प्रष्ट देखिएको थियो । हेटौडामै महरा महासचिव बन्ने चर्चा थियो । उता वैद्य समूहले पार्टी छाडेपछि संगठन विभाग प्रमुख बनाउँदाखेरि नै प्रचण्डले उहाँलाई महासचिवका लागि तयारीमा रहन आश्वासन दिनुभएको थियो । तर, हेटौडा महाधिवेशनमा महराको चर्को विरोध भयो र उहाँलाई महासचिवमा प्रस्ताव गर्न शीर्ष नेतृत्वले हिम्मत गरेन र पोष्टबहादुर बोगटी महासचिव बन्नुभयो ।
चिनियाँ ठेकेदारसँग सभासद खरिद-बिक्रीका लागि भन्दै महराले ५० करोड मागेको टेप प्रकरण भारतीय दूतावासले सार्वजनिक गरेपछि महराको छविमा सबैभन्दा ठूलो धक्का लागेको हो । यो घटनापछि महरालाई भारतले नरुचाएको र भारतसँग राम्रो सम्बन्ध बनाउन चाहिरहेका प्रचण्डका लागि उनलाई महासचिव नबनाउन चर्को दबाव आएको एकथरि एमाओवादीको बुझाइ छ ।
चाइनिजसँगको यो टेlmफोन प्रकरणअघिसम्म मोहन वैद्यको निकटमा रहेका महराई अहिले पनि वैद्यपक्षसँग साँठगाँठ गरिरहेको आरोप पार्टीभित्र लाग्ने गरेको छ । बाहिर नरम र भित्र झेली नेताका रुपमा एमाओवादीभित्र चर्चामा रहेका महरालाई पहिल्यै महासचिव बनाउने वचन प्रचण्डले दिइसकेकाले उहाँलाई सचिव पदमा राखेर चित्त बुझाउन प्रचण्डलाई गाह्रो परिरहेको छ । तर, एमाओवादीका अर्का एक नेताले भने महासचिव नपाए पनि सचिवमै बसेर काम गर्न महरा तयार रहेको दाबी गरेका छन् । तर, आफूले महासचिव नपाए बोगटीलाई यथावत राख्नुको साटो अनन्तलाई अघि सार्ने र प्रचण्डलाई अप्ठ्यारो पार्ने रणनीति लिएको र यसबारे अनन्तसँग गोप्य कराकानीसमेत गरेको बुझिएको छ ।
महाधिवेशनजस्तो महत्वपूर्ण निकायले बोगटीलाई महासचिव बनाइसकेपछि महाधिवेन सकिएको केही महिनाभित्रै एमाओवादीभित्र वैकल्पिक महासचिवको खोजी हुनुमा धेरैले अचम्म मानेका छन् । यही क्रममा एक थरिले महरालाई महासचिव बनाउनुपर्ने प्रस्ताव अधि सारेका हुन् भने एकथरिले वर्षमान पुनलाई महासचिव बनाउनुपर्ने लविङ शुरु गरेका हुन् । एमाओवादी अध्यक्ष प्रचण्डले नै महाधिवेशनले चुनेको महासचिवलाई केन्द्रीय समितिले हेरफेर गर्ने प्रस्तावलाई पार्टीमा प्रवेश गराएको केही नेताहरुको तर्क छ । प्रचण्डले बोगटीको विकल्पमा नयाँ पुस्ताबाट वर्षमान पुनलाई ल्याउन सकिने विकल्पमा छलफल गरेपछि महराको महत्वाकांक्षाले चुलिने मौका पाएको स्रोतको विश्लेषण छ । केही नेताले चाँहि महाधिवेनले चुनेको महासचिवलाई नै निरन्तरता दिएर अघि बढ्नुपर्नेमा जोड दिँदै आएका छन् ।onlinekhabar