एक्शनको सहयोगले इमेज बदल्ने तयारीमा सनी लियोन

फिल्म 'जिस्म २' देखि बलिउडमा पाइला राखेकी पोर्न स्टार सनी लियोन आफ्नो इमेज परिवर्तन गर्न निकै कसरत गरिरहेकी छिन् ।



फिल्म 'सुट आउट एट वडला'मा 'लैला तेरी ले लेगी' आइटम नम्बर गरेर निकै चर्चामा आएकी सनीलाई अब एक्शन रोलमा देख्न पाइने भएको छ । सनी निर्देशक देवांग ढोलकियाको फिल्ममा आफ्नो इमेज भन्दा फरक एक्शनमा देखिने छिन् ।

बलिउड मिडियाले जनाए अनुसार सनी र देवांगको भेट 'जिस्म २' को छायांकन पछि भएको हो । देवांग ढोलकियाको फिल्ममा सनीको एक नयाँ अवतारलाई देख्न पाइने छ । फिल्मको सुटिङ अगस्ट महिनाको अन्ततिरबाट सुरु हुने बताइएको छ