निर्वाचन ऐनको विवाद मिलाउन उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै
२ जेठ, काठमाण्डौं । अव हुने निर्वाचनको मिति घोषणा तथा निर्वाचन ऐनका विषयमा दलहरुबीच भएको विवाद समाधान गर्नेबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित समितिको कार्यालयमा बस्ने बैठकमा निर्वाचन ऐनका विवादित विषय, निर्वाचनको मिति घोषणा, बाबुराम भट्टराई सरकारले गरेको महत्वपूर्ण नियुक्तिको खारेजी, राष्ट्रिय योजना आयोगमा नियुक्ति लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
एमालेका अध्यक्ष झलनाथ खनालले संयन्त्रको नेतृत्व सम्हालेपछि बस्न लागेको बैठक चुनव केन्द्रित हुनेछ ।
एमालेका अध्यक्ष झलनाथ खनालले संयन्त्रको नेतृत्व सम्हालेपछि बस्न लागेको बैठक चुनव केन्द्रित हुनेछ ।


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं