आमा-छोरीको हत्या गरी शव सेफ्टी ट्याङ्कीमा
गोरखा, – गोरखाको पालुङटार गाउँ विकास समिति वडा नं ४ बडडाँडाकी २९ वर्षकी सीता शाह ठकुरी र उहाँकी ३ वर्षकी छोरी करिश्माको परिवारकै सदस्यहरुले हत्या गरेको खुलासा भएको छ ।

हत्यामा संलग्न भएको आशंकामा पक्राउ परेकाहरुले हत्या स्वीकारेको र उनीहरुकै बयानका आधारमा आमा छोरीको हत्या गरी शब सेफ्टी ट्याङ्कीमा फालेको खुलासा भएको प्रहरीले जनाएको छ । प्रहरीले हत्याको अनुसन्धानका लागि नातेदारहरु ६० वर्षका टेकबहादुर शाह ठकुरी, ५० वर्षकी टिकाकुमारी ठकुरी, २३ वर्षकी पशुपति शाह ठकुरी, २० वर्षकी मधु शाह ठकुरी, २८ वर्षका गणेशजंग शाह ठकुरी र लम्जुङ भलायाखर्क गाविस घर भएका २५ वर्षका मनोज सेन ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले गत बैशाख १८ गते आमा छोरीको हत्या गरेर सीता शाह ठकुरी टाउको काटेर फालेको र आफूले नै सेफ्टी टयाङ्कीमा शव राखेको स्वीकारेका प्रहरीको भनाई छ ।
सिताले घरमा दुःख दिएको कारण घर सल्लाह गरेर नै मारेको पक्राउ परेकाहरुले बताएका छन् । हत्या गरिएकी महिलाले पति गोविन्द जंग शाहले फागुन १९ गते आफूलाई कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि गोबिन्द भने वेपत्ता भएका थिए । भीमलाल श्रेष्ठ/उज्यालो ।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं