पूर्व सभाषद् सदरूल मियाँ हत्या गर्नेको सर्ट र चप्पल भेटियो
७ जेठ, काठमाडौ । गएराति हत्या गरिएका पूर्व सभासद् सदरूल मियाँ हकको हत्या गर्ने हत्याराको सर्ट र चप्पल फेला परेको छ ।

अनुसन्धानका लागि ल्याइएका तालिम प्राप्त कुकुरले घटना स्थलभन्दा तीन सय मिटर दक्षिणमा एक जोर चप्पल र सर्ट फेला पारेका छन् । जासुसी कुकुरले पेट्रोल पम्प नजिकबाटै बग्ने खहरे खोला नजिकैबाट चप्पल तथा सर्ट फेला पारेको हो । फेला पारिएको सर्ट तथा चप्पल मृतक मियाँको नरहेको उनका परिवारले जनाएका छन् । यसकारण उक्त चप्पल तथा सर्ट हत्याराको हुनसक्ने प्रहरीको अनुमान छ ।
मियाँको हत्यामा संलग्न रहेकाहरु भाग्ने क्रममा रगतले लतपत सर्ट तथा चप्पल त्यहाँ छाडेर भागेका हुनसक्ने प्रहरीले भनाई छ । केन्द्रीय अनुसन्धान व्यूरोको टोली समेतको उपस्थितीमा घटनाको अनुसन्धान सुरू भएको बताइएको छ । हत्याराले छाडेर गएका चप्पल र सर्टले पनि हत्याका सम्बन्धमा थप जानकारी लिन मद्धत गर्ने प्रहरीको भनाई छ ।
पूर्व पश्चिम राजमार्ग अहिले पनि ठप्प छ । राजमार्ग छेउमा रहेका रूखहरू सडकमा ढालेर बाटो अवरूद्ध गर्दै समर्थकहरुले प्रदर्शन गरीरहेका छन्।
सप्तरी निर्वाचन क्षेत्र नम्बर पाँचबाट गत संविधान सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएर निर्वाचित भएका मियाँको सोमबार राति हतियारधारी समुहले घाँटी काटेर हत्या गरेका हुन्।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं