अमेरिका भ्रमणमा निस्कियो सौर्यउर्जाबाट चल्ने हवाइजहाज
२१ बैशाख, सनफ्रान्सिस्को (रोयटर्स) । सौर्य उर्जाबाट चल्ने विमानले अमेरिकाको परिक्रमा सुरु गरेको छ । हवाई इन्धन नचाहिने र सोलार पावरबाट ब्याट्री चार्ज भई चल्ने उक्त हवाइजहाज शुक्रबार विहान सनफ्रान्सिस्कोबाट उडाइएको रोयटर्सले जनाएको छ । स्थानीय समय अनुसार बिहानको ६ बजे सनफ्रान्सिस्कोस्थित मोफेट फिल्ड सैन्य विमानस्थलबाट उडेको थियो । धिमा गतिमा उडिरहेकेा यो विमाने फोनेक्ससम्म पुग्न १५ देखि २० घण्टा लगाउने अनुमान गरिएको छ ।
विमान दलास, सेन्ट लुइस तथा वासिंटन डिसी लगायतका ठाउँमा रोकिनेछ र मौसम अनुकुल भएसँगै फेरी उडान भरि झण्डै दुइ महिनाभित्रमा अमेरिकाको यात्रा पूरा गरेर न्युयोर्कको जोन एफ केनेडी विमानस्थलमा ओर्लिनेछ ।
सौर्यउर्जाबाट चल्ने विमान बनाउने उक्त परियोजनाका सह संस्थापक समेत रहेको स्विस पाइलट बटर््राण्ड पिकार्ड र एन्ड्री बोर्सबर्गले पालैपालो विमान चलाउनेछन् । ककपिटमा एउटा मात्र सिट रहेकेा यो मिवानको प्रथम उडानमा पिकार्डले विमान उडाएका छन् । उनले स्थानीय समय अनुसार शनिबार १ विहान १ बजे फोनेक्स विमानस्थलमा यो विमान अवतरण गराउने छन् ।
सन् २००३ मा सुरु भएको यो सौर्यउर्जाबाट चल्ने विमान बनाउने १० वर्षे परियोजनाका लागि एघार करोड बिस लाख अमेरिकी डलर खर्च लागेको छ । यो परियोजनामा स्विजरल्याण्डका इन्जिनियर सहभागि हुनुका साथै बेल्जियमको एक कम्पनीको समेत लगानी रहेको छ ।
सौर्यउर्जाबाट चल्ने विमान निर्माण परियोजनाका अभियन्ताहरुले यो विमानको प्रथम उडानबाटै विश्वव्यापी रुपमा स्वच्छ उर्जा प्रविधिको प्रयोगमा समर्थन वृद्धि हुने विश्वास व्यक्त गरेका छन् । जम्बो जेट विमानको जत्रो पखेटा र कारको जत्तिकै वजन रहेको यो मोडेलको विमान आउँदो २ वर्षभित्रमा विश्वव्यापी उडानका लागि समेत तयार हुने दाबी उनीहरुको छ । स्मरण रहोस् यस्तो सौर्यउर्जाबाट चल्ने विमानले गएको जुनमा स्पेनबाट मोरक्को सम्मको उडान भरेको थियो ।
यो सौर्यउर्जा जहाज उडानका लागि एउटा स्कुटर चल्न लाग्ने जत्ति उर्जा भए पुग्छ । पखेटामा रहेका १२ हजार सोलारसेल बाट ब्याट्री चार्ज हुन्छ । सोलार इम्पल्स नामको यो विमान दिउसोमा ब्याट्री चार्ज भएपछि रातको समयमा पनि उड्न सक्छ । अहिले यसको गति प्रतिघण्टा ६९ किलोमिटर रहेको छ ।
अहिलेको मोडेल एकपटकको उडानमा बढिमा २४ घण्टासम्म उड्नसक्ने भएपनि अब बनाइने अर्को मोडेल ५ दिनसम्म लगातार उड्न सक्ने क्षमताको हुने बताइएको छ ।