नायक अर्जुन कार्कीद्धारा सगरमाथाको सफल आरोहण, नायीका निशाले सकिनन्

६ जेठ,काठमाडौ।

नेपाली चलचित्रका नायका अर्जुन कार्कीले सगरमाथाको आरोहण गरेका छन्। उनिसंग म्याराथुन धावक सञ्जय पाण्डे पनि सगरमाथाको आरोहण गरेका छन ।



नेपाली चलचित्र उद्योगका नायक कार्की र राष्ट्रिय म्याराथुन धावक पाण्डे सोमबार बिहान साँढे सात बजे सगरमाथा आरोहण गरेका हुन् ।

नायक कार्की र खेलाडी पाण्डेले सेभेन समिटको संयोजनमा १४ जना बिदेशी नागरिक र २५ जना नेपाली शेर्पा सहित सगरमाथा आरोहण गरेका हुन् ।

टोलीले बताएको छ । नायक कार्कीले सगरमाथा आरोहण गर्नुपुर्व पूरा गर्नुपर्ने मापदण्ड पूरा नगरी सगरमाथा आरोहण गरेका हुन् ।

कार्कीसंगै गएकी नायीका निशा अधिकारीले भने आरोहण नगरेको बताइएको छ। उनले अझै केही दिन पछी आरोहण गर्ने बताइएको छ। संभवत उनले केही दिनमै सगरमाथा चढ्ने उनलाइ सहयोग गरिरहेको आरोहण सस्थाले जनाएको छ।