१२ हजार मौरीलाई आफ्नै शरिरमा बास दिएर यसरी बहादुर साबित गरिन् यि महिलाले (फोटोसहित)

सारा मापेल्ली नामकी एक महिलाले आफ्नै शरिरमा १२ हजार मौरीलाई बास दिएकी छिन् । करिब दुईघण्टासम्म आफ्नै शरिरको छाती, घाँटी, पाखुरामा बास बस्न दिएर आफूलाई निकै बहादुर साबित गरेकी छिन्, साराले । यदी मौरी बसिरहेको तथा उडिरहेको बेला उसलाई कसैले छोयो या जिस्क्यायो भने टोकिदिन्छ तर साराले भने त्यती धेरै मौरीलाई आफ्नो शरिरमा राखेर आफ्ना नित्य कर्म समेत गरेकी थिइन् । उनले चिया खाने तथा नाच्ने काम समेत गरेकी थिइन् ।



यसरी मौरीलाई शरिरमा बास दिने अमेरिकाकी सारा भन्छिन्, ‘यो एउटा मेडिटेशनको निकै राम्रो पाटो हो । मैले उनीहरुलाई शरिरमा बस्न, आफूलाई घेर्न दिनका लागी मैले आफ्नो शरिरलाई खुला छाडिदिएकी हुँ ।’

हेरौ यसरी शरिरमा मौरीलाई बास दिने साराका केही मौरीसहितका तस्विरहरू…