त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान प्रभावित



६ जेठ,काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज केही समय बन्द भयो। एउटै अन्तराष्ट्रिय विमानास्थल भन्द भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भए ।



आज भएको वर्षाका कारण मौसममा प्रतिकुल असर आएपछि सो विमानस्थल दिउँसो ११ देखि १२ बजेसम्म करिब १ घन्टा बन्द भएको थिय।ल विमानस्थल बन्द भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान भर्ने विमानले उडान भर्न तथा अवतरण गर्न सकेनन ।

त् केही समय भएको असामान्य वर्षाले गर्दा एकाएक मौसम खराब भई सो समयमा विमानस्थल नै बन्द गर्न परेको बताइएको छ । सामान्य वर्षामा उडान प्रभावित नहुने भए पनि ठूलो वर्षा तथा खराब मौसममा उडान भर्न प्राविधिक कठिनाइ हुने भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको जनाइएको छ।

सो विमानस्थलबाट राष्ट्रिय उडान तथा अवतरण दैनिक २४० र अन्तर्राष्ट्रिय उडान तथा अवतरण ७० वटा हुने गर्दछ ।

पर्वतीय उडान पनि आज प्रभावित भए, दैनिक २५ वटासम्म हुने सो क्षेत्रको उडान आज आठवटा मात्र भएको छ।