मुलुकमा निर्दलीयताको कुनै सम्भावना छैन : भट्टराई
१ वैशाख, बनेपा । एकीकृत माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकमा निर्दलीयताको कुनै सम्भावना नरहेको बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार सङ्घ काभ्रेले आइतवार बुडोलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले दलहरुको सहमतिमा बनेको वर्तमान सरकारले नै निर्वाचनको मिति छिट्टै घोषणा गर्ने वताउनुभयो ।
दलहरुको सहमतिमा नै बाधा अड्काउ फुकाउ गरेर असार ७ मा नै निर्वाचन गर्ने दलहरुबीच सहमति भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका डा भट्टराईले विभिन्न बहानामा निर्वाचन टार्ने स्थिति आए त्यसले अस्थिरता र खतरा उत्पन्न हुने धारणा राख्नुभयो ।
उपाध्यक्ष डा भट्टराईले व्यावहारिक हिसाबले पनि अब असारमा निर्वाचन हुन नसक्ने जनाउँदै संविधानसभाको दोस्रो निर्वाचन आगामी कात्तिकको अन्तिम सात गर्न सुझाव दिनुभयो । रासस