फेल भएपछि बालिकाद्धारा आत्महत्या फेल भएपछि बालिकाद्धारा आत्महत्या

काभ्रे, चैत्र २९ – बार्षिक परीक्षामा फेल भएपछि एक बालिकाले आत्महत्या गरेकी छन् । बनेपा ५ का कृष्ण बहादुर मानन्धरको १३ बर्षीया छोरी अनिषाले घरको कोठामा रहेको पंखा अड्याउन राखिएको सिलिङको डण्डीमा तन्नाको पासो लगाई बुधवार झुन्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख अच्यूत चापागाँईले बताए ।

‘परीक्षामा फेल भएपछि बालिकाले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’ उनले भने ‘घटनाको बारेमा थप अनुसन्धान गरिरहेका छौ ।’

बनेपाकै बिद्यासागर स्कुलमा पढ्दै गरेकी अनिषा ७ कक्षाको परीक्षामा फेल भएकी थिईन ।