सेन्सरमा सच्चीएर जाने तयारीमा बर्बाद
नेपाल चलचित्र सेन्सर बोर्डले अश्लिलताको पराकाष्ठा भन्दै बर्बादलाई सेन्सरमा रोक लागाएको छ । आफ्नो चलचित्रलाई सेन्सरले रोके पछि चलचित्र युनिट पुन सच्चीएर सेन्सर जाने भएको छ ।
हालै राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी चलचित्र युनिटले सेन्सरमा सच्चीएर पुन जाने जानकारी गराएको हो । चलचित्रमा केही दृश्य सेन्सरले काट्ने खालका भए पनि ८० प्रतिशत दृश्य सेन्सरले काट्ने खालका नभएको निर्माण युनिटले जानकारी गराएको छ ।
चलचित्रमा केटाले शरीर देखाएको दृश्यलाई पनि सेन्सरले अश्लिल भनेको छ । त्यसमा हामी निर्माण पक्षको आपती छ निर्माता जिके शर्मा भने , चलचित्रमा रहेका केही आपतीजक दृश्यमा भने हाम्रो केही बिरोध छैन । आपतीजन दृश्यसच्याएर आफुहरु पुन सेन्सर जान तयार छौ । चलचित्र यतिकै अड्काउनु भन्दा लगानीलाई सुरक्षीत गर्न पुन सेन्सरमा लैजाने तयारीमा आफुहरु लागेको निर्माण पक्षले जानकारी गराएको छ ।
सेन्सर बोडले चलचित्रका ८० प्रतिशत भन्दाबढि दृश्यहरु अश्लिल भएकाले ति दृश्य नहटाए सेन्सर हुदैन भन्दै चलचित्रलाई फर्काएको हो । कार्यक्रममा चलचित्रकी नायीका जीया केसीले आफ्नो समेटीएकै कारण सेन्सरले चलचित्र रोकेको आरोप लगाइन् । उनले भनिन् एटीएममा आफुले गरेको अश्लील अभिनयको असर यस चलचित्रलाई पनि परेको हो । चलचित्र एटीएम जस्तो अष्लील नभएको उनले सुनाइन् ।
गत २३ गते शुक्रबार चलचिधत्र रिलीजको तयारीमा थियो । तर सेन्सर हुन नसकेका कारण सो मितीमा चलचित्र रिलिजमा आउन सकेन । जिके शर्मा, जीया केसी र गणेश गिरी आदीको चलचित्रमा अभिनय छ । श्रीमानको मायाबाट बन्चित नारीका कथालाई चलचित्रको बिषय बस्तु बनाइएको छ ।
यसलाई रिम बिश्वकर्माले निर्देशन गरेका हुन् । दिनेश अधिकारी, रमेश कुमार पाठक तथा निरञ्जन सञ्जेलका संयुक्त लगानीमा निर्मँण भएको यस चलचित्रले अष्लील दृश्यका कारण छायांकनकै समयमा आलोचना खेपेको थियो । यस अगाडी यस्तै दृश्य समेटीएको चलचित्र एछिएम पनि प्रर्दशनमा रोक लागेको छ ।