सर्वोच्च अदालतको परिसरभित्र कसैले पनि मोबाइल फोनलगायतका तस्वीर तथा आवाज रेकर्ड गर्ने उपकरण लान नपाउने

२४ चैत, काठमाण्डौं । अबदेखि सर्वोच्च अदालतको परिसरभित्र कसैले पनि मोबाइल फोनलगायतका तस्वीर तथा आवाज रेकर्ड गर्ने उपकरण लान नपाउने भएका छन् ।



अदालतका सेवाग्राहीले मोबाइल फोनलगायतका उपकरण सर्वोच्च अदालतको मूल गेटमा नै राखेर अदालत परिसरमा प्रवेश गर्नुपर्ने भएको छ । यस्तो व्यवस्था आउँदो बैशाख २ गतेदेखि लागू हुने सर्वोच्च अदालतका सहायक प्रवक्ता हेमन्त रावलले जानकारी दिनुभएको नेपाल समाचारपत्रमा खबर छ ।

रावलका अनुसार अदालतको हाताभित्र अनुमति बेगर तस्वीर तथा आवाज रेकर्ड गर्ने उपकरणहरु गलत कार्यमा प्रयोग भएको पाइएपछि सर्वोच्च अदालतले त्यस्ता सामग्रीलाई प्रतिबन्ध लगाउन लागेको हो ।

मोबाइल फोन, क्यामरा, भिडियो क्यामरा, पेन क्यामरालगायतका तस्वीर तथा स्वर रेकर्ड गर्ने उपकरण सर्वोच्च अदालतको हाताभित्र लान नपाइने व्यवस्थ ागर्न लागिएको रावलले बताउनुभयो ।