नेपाली चलचित्रमा टङकिस, टपलेस र सेक्स बेड्सिनको लहर

नेपाली फिल्म ‘चपली हाइट’ र ‘पलपलमा’ ले देखाएको बाटोमा हिडदा राम्रो ब्यापार हुने लक्षण देखिएको हुँदा आजकाल धेरै जसो फिल्म अश्लििनता तिर उन्मुख हुन थालेका छन । लुट र चपली हाइट चलचित्रले व्यावसायिक सफलता’पाए र चर्चा पनि धेरै नै चुलियो । लुटमा बेरोजगारले बैंक लुटेको अनि चपली हाइटमा दृई साथीले एउटै केटी साथी ‘सेयर’गरेर यौनव्यवहार गरेको कथा बाट दर्सकले के म्यासेज लिने ? दर्सक अलमलमा छन । यस्तो ट्रेन्डले नेपाली चलचित्र र उद्योगलाई भबिस्यमा सभल दिशा तर्फ पक्कै पनि लादैन । लुट र चपली हाइट बाटनै प्रभावित भएर कतिपय निर्माताले तेस्तै धारको चलचित्र निर्माणमा जुटेको देखिन्छ । अझ त्यस्ता फिल्ममा अभिनय गर्नका लागि नायक भन्दा नवनायिकाहरु जस्तो दृश्य दिन पनि तयार हुने गरेका छन । लुट र चपली हाइटको कथावस्तु नेपाली समाजमा नसुहाउँदो मात्र होइन, चाहिने भन्दा बढी छ । पुरानो फिल्म र्निमाण शैलीलार्इृ तोड्ने नाममा सेक्सको मामिलामा बढी उदारता देखिएको छ,। कतिपय नयाँ फिल्मको ‘प्रोमो’ हेरिनसक्नुको छ ,अब मुलांकन आफै गर्नुहोश ।


दर्शकको रुचि र चाहनाअनुसार’ भन्दै निर्माण भैरहेको पछिल्ला चलचित्रमा टङकिस, टपलेस र सेक्सका जीवन्त दृश्य दिन नायिकाहरु लागि परेका छन । कति नायिका त चलचित्र सुटिङको पहिलो सटलाई नै सामाजिक सञ्जाल फेसबुक मार्फत प्रचारप्रसार गरिरहेका देख्न सख्छौ । “एटिएम”की नायिका सबिना कार्कीले यस्ता सटलाई फेसबुकमा हालिहाल्छिन । जेठको अन्तिम साताबाट प्रर्दशनमा आउने “एटिएम”छायांकनकै क्रममा विवादमा आउन थालेको थियो ।‘ सेक्स साइकोलोजी भनिएको यादव सिलवाल निर्देशित यो चलचित्रमा सेक्सप्रति अति उदार देखिएकी नायिका सबिना कार्कीले छायांकनका क्रममा नायक दिनेश थापालाई लामै ‘टङकिस’ गरिदिएपछि तीन नायिकाबीच कुटाकुट नै चलेको थियो अरे । कसले बढी लामो किस गर्ने भन्ने विवाद चर्चा फिल्मी बजारमा छ । निर्देशक सिलवाल भने विषयान्तर हुन खोज्दै ‘आफूद्वारा निर्देशित “एटिएम”समयको माग हो’ भन्छन । तसर्थ, अनधिकृत क्रियाकलापप्रति सेन्सर र्बोडको चासो रहेको पाइृदैन ।


सुटिङका क्रममा नायिकानै अत्तालिने दृश्यले आमदर्शकको मनलार्इृ कता लैजाला ? यो सोचनीय विषय बनेको छ । ‘प्ले गर्ल’को यस्तै चर्चाले पनि यति बेला फिल्मी बजार तातेको छ । केही समय अघाडी ‘प्ले गर्ल’ कि नायिका र निर्देशकको बीच सबै लुगा खोलेर शूटिंग गर्ने कुरामा मतभेद भएको समाचार आएको थियो भने ‘एटीएम’ नाम गरेको यस फिल्मीमा भने नायिकाले तेस्तो कुनै बिबाद गर्न आबश्यक नठानेको आभाष हुन्छ । ‘चपली हाइट’ को पोस्टर अश्लिल भयो भन्ने गुनासो सेलाउन नपाउदै यस फिल्मीको पोस्टरले नेपाली फिल्मीको ‘हाइट’ थप्न खोजेको भान हुन्छ । अवसर पाउन नायिकाहरु आफैँ ‘सोपिस’ बन्ने र फिल्मी प्रोमोसन गर्न निर्माता, निर्देशक जस्तोसुकै स्कांडल मच्याउने पनि पछि पर्दैनन्। विनाप्रसंगको टङकिस, जथाभाबी टपलेस, छाडा संवाद र अर्थ न बर्थको कथाले पछिल्ला नेपाली फिल्मीहरु सामाजिक र मर्यादित छैनन भन्दा दुई मत न होला , जसको गतिलो उदाहरण ‘द लास्ट किस’लाईृ लिन सकिन्छ । नांगो दृश्य र अश्लील संवादका कारणले गर्दा प्रर्दशनका लागि अनुमति दिइएको छैन । यही धारमा बन्दै गरेका ‘नाइट क्विन’, ‘मेमोरी कार्ड’, ‘ए ६९’ पनि पर्ने अब्बल सम्भावना छ ।

निर्देशक सुरेश र्दपण पनि ‘कलगर्ल’को कथालेखनमा लागेका छन । यसमार्पmत भित्री मधेसकी एउटी केटीको कथा समेट्ने कोसिस गरेको बताइएको छ । नाम सुन्दै पनि सेक्स बेच्ने सस्तो फर्मुला नै समात्न लागेको झल्को पाइन्छ ‘कलगर्ल’ बाट । अहिले उनी “थ्री लर्भस” चलचित्रको अन्तिम तयारीमा छन । ‘थ्री लर्भस” सेक्स साइकोलोजी’मा बनेको मनोरञ्जनात्मक फिल्म हो’।


सोच्नैपर्ने विषय के छ भने प्रर्दशनका लागि अनुमति पाउनुभन्दा पहिला नै कलाकारहरुले आफ्ना ‘हटसिन’हरु फेसबुक, ट्विटर, युटुबजस्ता सामाजिक सञ्जालमा हालिरहेका छन । ‘कसैलाई दाम र चर्चा कमाउनु छ भन्दैमा परिवारमा बसेर र्हेनै नसकिने, समाज भाँड्ने फिल्म निर्माणलाई कानुनले रोक्नुपर्छ,’। यसखाले फिल्मको निर्माणलार्इृ निरुत्साहित नगर्ने हो भने फिल्म इन्डस्ट्रीको लगानी डुब्ने मात्र होइन, समाजलार्इृ यौन उच्छृंखलताले गाँज्दै लाने पक्का छ । सेक्स फिल्मको लहरले फिल्म इन्डस्ट्रीले फेरि करोडौँ रुपियाँ डुबाउने पक्का छ ।’


भिडियोसहित हेर्न तल बक्समा क्लिक गर्नुहोला।