कति छ चीनको सैन्य क्षमता ?
काठमाडौं । विश्वभर चीनलाई एउटा मजवूत सैन्य शक्तिका रुपमा हेरिन्छ । तर, उसको सैन्य क्षमताबारे अनुमान लगाउनुबाहेक अहिलेसम्म अन्य कुनै तथ्य बाहिर आएको छैन । तर, पछिल्लो समयमा यसबारे चीनले पहिलोपटक बोलेको छ ।
चिनियां सेनालाई पारदर्शी बनाउन पहिलोपटक यसो गरिएको चिनियाँ समाचार एजेन्सी सिन्हृवाले जनाएको छ । रक्षा मामिलामा श्वेत पत्र जारी गर्दै चीनले आफूसंग ८ लाख ५० हजार स्थल सेना रहेको बताएको छ । चीनको नौसेनामा २ लाख ३५ हजार सैनिक परिचालित छन् भने वायु सेनामा तीन लाख ९८ हजार कार्यरत छन् ।
चीनको स्थल सेना सात मिलिट्री कमाण्डमा बाँडिएका छन्- बेइजिङ, नानजिङ, चेङ्दु ग्वांहो, शेंगयांग, लानज्हो र जिनान । वायु सेनालाई पनि सात कमाण्डमा बाँडिएको छ भने नौसेनालाई तीन बेडामा बाँडिएको छ ।
अमेरिकाको विरोध
श्वेतपत्रमा तीनको दोस्रो स्तरको सेनाको पनि चर्चा गरिएको छ, जसले चीनको परमाणु र परम्परागत मिसाइल सम्हालेको छ । जसमा भनिएको छ -चीनको परमाणु र मिसाइल सम्हाल्ने सेना ती देशका लागि हो, जो चीनविरुद्ध परमाणु हरियार प्रयोग गर्न सक्छन् । चीनको रक्षामामिलाको श्वेत पत्रमा एशिया प्यासिफिक क्षेत्रमा अमेरिकी सैनिकको बढ्दो उपस्थितिप्रति चिन्ता समेत जनाइएको छ ।
साथै एशिया प्यासिफिक क्षेत्रमै केही देशले आफ्नो सैन्य क्षमता मजबुत गर्दै गएको र यस क्षेत्रमा तनाव बढ्दै गएको उल्लेख छ । श्वेतपत्रमा ताइवानको स्वतन्त्रता समर्थक चरमपन्थी शक्तिलाई ठूलो खतरा भनिएको छ ।
अर्बौंको सैन्य बजेट
सन् २०१२ मा चीनको रक्षा बजेट करीब ११.२ प्रतिशतले बढेर १ सय अर्ब डलर बढी भएको छ । सेनाको श्वेत पत्रमा चीन शान्तिपूर्ण विकासमा आफ्नो राष्ट्रिय प्रतिवद्धतामा कायमै रहेकोमा जोड दिइएको छ ।
श्वेतपत्रमा तीनको आफ्ना राष्ट्रिय एकता, अखण्डता र विकासको रक्षा गर्नु जरुरी रहेकोमा जोड दिइएको छ । -बीबीसीको सहयोगमा