हतियारसहित दुई भारतीय पक्राउ

नेपालगन्ज, चैत २४- बाँके जिल्लाको खजुरा क्षेत्रबाट कटुवा पेस्तोलसहित दुई भारतीयलाई प्रहरीले हिजो साँझ पक्राउ गरेको छ। सो क्षेत्रमा प्रहरीले जाँचका क्रममा भारतीय नम्बरको मोटरसाइकलमा सवार ती भारतीयलाई पक्राउ गरिएको हो। प्रहरीले थप अनुसन्धानमा प्रभाव पर्ने भनी उनीहरूको नाम खुलाउन मानेनन्।



यसैबीच, भारतको मुम्बईमा कार्यरत एक नेपाली घर फर्कने क्रममा भारतको बहराइच सहरबाट बेपत्ता भएका छन्। सल्यान जिल्ला बामे गाविस-५ स्थायी घर भएका ३३ वर्षे बिर्खे राना गत चैत १४ गतेदेखि बेपत्ता भएको उनका आफन्तले जानकारी गराएका छन्। उनको खोजीका लागि आफन्तले भारतीय सुरक्षा अधिकारीसँग आग्रह गरेका छन्। रासस