नाबालक छोरा र छोरीलाई विष खुवाई हत्यापछि आमाले गरिन् आत्महत्या(रहस्यमय मृत्यु)

आफ्ना दुई नाबालक छोरा छोरीलाई विष खुवाई हत्या गरेपछि एक महिलाले आफुले पनि आत्महत्या गरेकी छन् । ६ महिने छोरा परमेश्वर तथा ३ वर्षीया छोरी श्रृष्टीलाई विष सेवन गराई २५ वर्षीया सुरेखा दासले शुक्रबार राति आफूले घरमै पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । जनकपुर नगरपालिका १ मा बसोवास गर्दै आएकी मृतक सुरेखाको पति श्यामसुन्दर दास एक महिना पूर्व वैदेशिक रोजगारीमा साउदी गएका छन् । आत्महत्या गर्दा दुई सन्तान र उक्त महिला बाहेक घरमा कोही पनि थिएनन् ।