मृत्युदण्ड दिने राष्ट्रको सुचीमा चीन विश्वमै पहिलो देश
बेईजिङ, चैत २९ – विश्वमा मृत्युदण्डको सजाय दिने राष्ट्रहरुमा चीन अग्रस्थानमा रहेको प्रतिवेदन सार्वजनिक भएको छ। मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले सार्वजनिक गरेको प्रतिवेदनमा चीन मृत्युदण्ड दिने राष्ट्रको सूचीमा पहिलो स्थानमा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन।
चीनपछि वढी मृत्युदण्डको सजाय दिने राष्ट्रहरुमा क्रमश ईरान, इराक, साउदी अरब र अमेरिका छन। तर, विगतका वर्षहरुको तुलनामा मृत्युदण्डको सजाय दिनेक्रममा कमी आएको पनि एम्नेष्टीले जनाएको छ। यद्यपी ईराकमा सन् २०१२ मा पछिल्लो वर्षको तुलनामा मृत्युदण्डको सजाय दिनेक्रम भने दुई गुणाले बढेको प्रतिवेदनले जनाएको छ। इराकमा सन् २०१३ मा २९ जनालाई मृत्युदण्डको सजाय दिईएको एम्नेष्टीले जनाएको छ।
यसैविच प्रप्त एक समाचार अनुसार उत्तरी चीनको सान्झी प्रान्तमा एक बस र ट्रक एक आपसमा ठोकिँदा पाँच व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ। उक्त दुर्घटनामा अन्य २० जना घाइते भएको स्थानीय ट्राफिक प्रहरीले जनाएको छ।
उक्त दुर्घटना स्थानीय समयअनुसार बुधबार बिहान ९.३० बजे बेन्साई राजमार्गमा भएको समाचारमा बताइएको छ। सो दुर्घटनाका एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको र अन्य चार जनालाई अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको समाचारमा उल्लेख छ। दुर्घटनामा घाइते हुनेहरूमा उपचार भइरहेको र दुर्घटनाका कारण अनुसन्धानरत रहेको जनाइएको छ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiPqrqZRzU4UCpJTCAw17-D7-r_0G6sPGMsuFZC-5c8fEDe6kBuoDsWe4GQ90hZW_Rv8H_Aq1JB2nCA6vtRsKG0vL9IIiR-ueZ9RD4r3RaWZ572_uEp9hpUjkscgfE6-c_kLqar7rDdNA10/s400/china.jpg)