असार ७ भित्र चुनाव, ११ बुँदे सहमतिमा हस्ताक्षर, रेग्मीको सपथ आज
१ चैत, काठमाडौं । एक महिना लामो कसरतपछि बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन गर्ने ११ बुँदे सहमतिपत्रमा दलका नेताहरुले हस्ताक्षर गरेका छन् । सहमति अनुसार रेग्मी अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्ष बन्नुहुने भएको छ । संविधानमा प्रधानमन्त्रीले गर्ने काम अध्यक्षले गर्नुहुने भएको छ । रेग्मीले आज पद तथा गोपनियताको सपथ लिनु हुनेछ ।

मन्त्रिपरिषद्मा मन्त्रीहरुको नियुक्ति गर्ने अधिकार अध्यक्षलाई दिइएको छ । तर, निजामती सेवाका अवकाशप्राप्त विशिष्ठ श्रेणीका कर्मचारीहरुबाट मन्त्री बनाइने भएको छ । अन्तरिम सरकारले नयाँ संविधानसभाको दोस्रो चुनाव आगामी असार ७ भित्र गर्ने सहमतिमा उल्लेख छ । तर, असारमा चुनाव नभए मंसिरसम्मको म्याद थप्न पाउने अधिकारसमेत रेग्मी सरकारलाई प्रदान गरिएको छ ।

राजनीतिक दलहरुको सहमतिपत्रमा बहालवाला प्रधानन्यायधीशले चुनाबी मन्त्री परिषद्को अध्यक्षता गर्ने र सरकारको प्रमुख जिम्मेवारी निर्वाचन गर्नु रहेको उल्लेख छ । संविधानतः मन्त्रिपरिषद्ले सबै बाम गर्ने ‘तर दीर्घकालीन प्रकृतिका कामहरु अन्तरिम चुनावी मन्त्रिपरिषद्ले गर्ने छैन ।’- सहमतिपत्रमा भनिएको छ ।

बुधबार दिनभरि बसेको प्रमुख तीनदल र मधेसी मोर्चाको बैठकले राति १० बजेपछि ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेपछि रेग्मी सरकार गठनको बाटो खुलेको हो ।
झरियो कुर्सीबाट: एमाओवादी अध्यक्ष बैठकस्थलबाट बाहिरिँदै
यस्तो छ ११ बुँदे सहमति
राजनीतिक दलका शीर्ष नेताले हस्ताक्षर गरेको सहमतिपत्रमा आगामी असारको पहिलो साता संविधानसभाको चुनाव गर्ने भनिए पनि असारमा चुनाव हुन नसके मंसिरसम्म चुनाव गर्ने अधिकार नयाँ सरकारलाई दिइएको छ । असारमा चुनाव नभए रेग्मीले राजनीतिक दलका नेताहरुसँग सहमति गरी मंसिरभित्र अर्को मिति तोक्ने उल्लेख छ ।
हेर्नुहोस् सहमतिपत्र