८ वर्षको बालकले गरे ५ सन्तानकी आमा ६१ वर्षकी महिलासंग विवाह!!...(फोटोफिचर)

एजेन्सी । यो विश्व पनि अचम्मको छ । यहाँ अचम्म अचम्मका विश्वास नै नलाग्ने घटनाहरू घट्ने गर्छन् । यस्तै विश्वास नै नलाग्ने घटना घटेको छ दक्षिण अफ्रिकामा । दक्षिण अफ्रिकामा एक स्कुले बालकले आफ्नो हजुरआमा उमेरकी महिलासँग विबाह गरेका छन् । ८ वर्षीय बालक सनाले मासिलेलाले सय जना आफन्तको उपस्थितिमा ५ सन्तानकी आमा ६१ वर्षीय हेलेन साबान्गुलाई औठी लगाइदिएर विबाह गरेका थिए ।



सनाले हेलेनलाई औठी लगाइदिएपछी किस गरेका थिए तर यो विबाहपचि यी दुई भने सँगै बस्ने छैनन् भने उनीहरुले कोर्टको विबाह दर्ता कागजमा पनि सही गरेका छैनन् । उनीहरूले गरेको यो विबाह मात्र एक धार्मिक कार्यका लागी थियो । उनीहरुको संस्कृती अनुसार मात्र उक्त विबाह गरिएको बताइएको छ । यस विबाहका लागी उनका परिवारले करिब १५ सय पाउण्ड खर्चेका थिए । सनाले आफुलाई विबाह गर्ने रहर भएको आफ्नी आमालाई बताएको समेत बताएका छन् । उनले आफू ठूलो भएपछी आफ्नै उमेरकी केटीसँग विबाह गर्ने समेत बताएका छन् ।



सनालेका हजुरबुबाको इच्छा अनुसार उनले हेलेनसँग विबाह गरेको सेनालेकी आमाले बताएकी छिन् । सनालेका हजुरबुवाले आफ्नो मृत्यु अगाडि नै विबाह गर्न भनेपछी सनालेले हेलेनसँग विबाह गरेको सनालेकी ४६ वर्षिय आमाले बताइन् । यसरी विबाह गरेपछी आफूले आफ्ना अग्रजलाई खुसी तुल्याएको उनीहरुको भनाई छ । विबाहपची हेलेनले पनि यो हाम्रा अग्रजका खुसीको लागी मात्र भएको बताइन् ।