पाल्पामा जन्तीबस दुर्घटना १५ जनाको मृत्यु
२१ फागुन, पाल्पा । पाल्पामा भएको सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । २६ जना घाइते भएका छन् । पाल्पाको चिदिपानी गाबिसको बुढीकोटबाट खानीछाप गाबिसको आमडाडाका लागि जन्ती लिएर बेहुलाको घर र्फकदै गरेको लु १ ख २७९५ नम्बरको बस राती नौ बजेको समयमा आर्य भञ्याङग राम्दी सडक खण्डको चिदिपानीमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी १२ जनाको घटनास्थलमै र ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा बस चालक हुमिन पाल्पाका २५ बषिर्य मिलन बिक, बेहुलागाउ बुढीकोटका ५५ बषिर्य बेदबहादुर बिरकट्टा, बर्ष २५ की कमला जर्घा, बर्ष २८ का लोकबहादुर सारु, बर्ष १६ की नबिना सुर्यबंशी , बर्ष १७ की केष कुमारी बिरकट्टा , २५बषिर्य योगेन्द्र चर्ती र २५ वषिर्यनै केशरी सारुको ज्यान गएको छ । त्यस्तै ४५ वषिर्य बिष्णु बहादुर चर्ती , बर्ष १८ का नबिन सुर्यबंशी , बर्ष ३० की लुलिसरा सारु र बर्ष २६ का रमेश बिक को घटनास्थलमै ज्यान गएको हो । त्यस्तै उपचारको क्रममा लुम्निनि मेडिकल कलेजमा चिदिपानी ७ का २१ बषिर्य सुरज न्यौपाने, ५६ बषिर्य अम्मर बहादुर दर्घा र बर्ष २५ की रमा सारुको ज्यान गएको हो ।
घाईते ९ जनाको मिसन अस्पताल तानसेन र १७ जनाको लुम्बिनि मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ । घाईते सबैको अबस्था गंभिर रहेको प्रहरीले जनाएको छ ।