के छापियो सोमबारका दैनिक पत्रिकामा ?
आज मिति २०६९ साल फागुन महिनाको २१ गते सोमबार । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले शिक्षण अस्पतालको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएको समाचारलाई प्रमुख प्राथमिकताकासाथ छापेका छन् । कान्तिपुर दैनिकले सर्वोच्चको फैसलाअघि नै प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिने तयारी भइरहेको भन्दै प्रमुख समाचार छापेको छ ।

