प्रमुख दलका शीर्ष नेताहरु शीतलनिवासमा

१८ फागुन, काठमाण्डौं । राजनीतिक निकासका लागि छलफलमा जुटेका प्रमुख दलका शीर्ष नेताहरुको बैठक केहीबेर अघि सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दलहरुबीच जारी विवाद समाधान गर्ने विषयमा छलफल भएको थियो । प्रमुख दलको बैठकमा दलहरुबीच देखिएका राजनीतिक विवाद र सरकार गठनको प्रक्रियाका बारेमा छलफल भएपछि छलफलको निष्कर्ष के निस्कियो भन्नेबारेमा दलका नेताहरुले कुनै प्रतिक्रिया दिएका छैनन् । बालुवाटारको बैठक सकि नेताहरु राष्ट्रपति भवन शीतल निवास तर्फ लागेका छन् । शीलत निवासमा नेताहरुले आज विहान भर भएको छलफलको बारेमा राष्ट्रपति डा. रामबरण यादबलाई जानकारी गराउने कार्यक्रम रहेको स्रोतले जनाएको छ । दलहरुबीच नागरिकता, मतदाता नामावली, सेना समायोजन अन्तर्गत लडाकुको दर्जा निर्धारण, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन लगायतका विषयमा सहमति हुन बाँकी रहेको छ । प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सहमतिको चुनावी सरकार बनाउने सहमति बने पनि अरु विषयमा विवाद मिलिसकेको छैन