सलमानको चुम्बन रेकर्ड विनाले तोडिन्

पाकिस्तानी मोडल विना मलिकले नायक सलमान खानले राखेको रेकर्डलाई तोडेकी छिन् । सलमानलाई १ मिनेटमा १०७ पटक बच्चाहरुले हातमा चुम्बन गरेर रेकर्ड राखेका थिए ।



तर जन्मदिनमा विनालाई १ सय ३७ पटक युवाहरुले हातमा चुम्बन गरेका छन् । चुम्बनपछि गिनिज बुक अफ द वल्र्ड रेकर्डसमा आफ्नो नाम लेखाउने आशा विनाले गरेकी छिन् ।



आफ्नो नयाँ बलिउड चलचित्र ‘द सिटी द्याट नेभर स्लिप्स’ को लागि नायकको खोजी गरिरहेकी विनालाई यो प्रतियोगितामा भाग लिन आएका ४१ पुरुषहरुले चुम्बन गरेका हुन् । हातमा चुम्बन गराएर गिनिज बुक अफ द वल्र्डमा नाम लेखाउने विनाको सपना पुरा हुन्छ या हुदैन त्यो हेर्न बाँकी छ ।