श्रीमतिले आफ्नै श्रीमानको हत्या गरेर कोठामै छिपाएर राखेपछी
आपसी विवादमा एक महिलाले श्रीमानको आँखा घोचेर विभत्स हत्या गरेकी छिन् । सुनसरीको धरान घर भई ललितपुरको इमाडोल बस्दै आएकी अस्मिता लामाले श्रीमानको हत्या गरेकी हुन् । लामालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार घरेलु हतियार प्रयोग गरी तामाङले श्रीमान् प्रकाश श्रेष्ठको हत्या गरेकी हुन् ।
मदिरा खाएर भएको झगडामा त्यसरी हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । आँखामा झिरले घोचेको तथा खुट्टामा धारिलो हतियार प्रयोग गरेको देखिएको ललितपुर प्रहरी प्रमुख एसएसपी राजेन्द्रमान श्रेष्ठले बताए । इमाडोलको कमलपोखरीमा डेरामा बस्दै आएका उनीहरू ज्यामी काम गर्दै आएका थिए ।
उनीहरूबीच पटकपटक झगडा हुने गरेको स्थानीयले बताएका छन् । त्यही झगडा बढ्दै गएपछि हत्या भएको प्रहरीको भनाइ छ । हत्यापछि एक दिनसम्म श्रीमानको शवलाई उनले कोठामै राखेकी थिइन् । नाम्लाले बोकेर शवलाई खेतमा पुर्याएको बयान उनले दिएकी छिन् । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानको क्रममा शवको पहिचान गरी तामाङसँग सोधपुछ गर्दा उनले आफूले हत्या गरेको स्विकारेकी हुन् ।