शर्लिनले पैसाका लागि सेक्स गरेको खुलाशा

भर्खरै प्लेब्वाइ म्यागेजिनमा फोटो खिचाएर चर्चामा रहेकी भारतीय अभिनेत्री तथा मोडल शेर्लिन चोपडाले विगतमा पैसाको लागि शारीरिक सम्बन्ध बनाएको खुलासा गरेकी छन्। अहिले पनि त्यस्तो प्रस्ताव आउन नरोकिएको पनि उनले खुलाएकी छन्। उनका अनुसार धेरैले अनलाइनमार्फत् सम्पर्क नम्बर दिएर प्रस्ताव राख्ने गर्छन्।

तर, चेतनाको स्तरमा परिवर्तन आएकोले पैसाका लागि सम्बन्ध बनाउन छाडेको उनी बताउँछिन्। ‘अचेल मैले बुझेँ, कुनै आवश्यकताका लागि रोजाइ वा निर्णय गरेर आफूलाई स्वतन्त्र दाबी गर्न सक्तिनँ, म आँटिलो हुनुमा आनन्द मान्छु, फोटो वा फिल्ममा यौनिकता फैलाउन पाउँदा आनन्द आउँछ, अनियन्त्रित वासना वा आकर्षणको अन्तिम नतिजाका रुपमा म यौनमा रमाउँछु, तर माफ गर्नुस्, म अब पैसाको लागि यौन सम्बन्ध राख्ने गर्दिनँ,’ २८ वर्षे शेर्लिनले ट्वीटरमा लेखेकी छन्।

‘मलाई आभास भएको छ कि मानसिक, भावुक, आर्थिक वा अरु कुनै बाध्यतामा राखिएको शारीरिक सम्बन्धबाट कुनै आनन्द प्राप्त हुँदैन, हरेकको आत्मा वा अवचेतन मनमा एउटा असीमित शक्ति वा ज्ञान छ, जसमा हामीले विश्वास राख्यौं भने त्यसले जीवनलाई सम्वृद्ध बनाइदिन्छ,’ शेर्लिनले कारण दिएकी छन्। शेर्लिनले यो खुलासालाई आफ्नो सानो प्रायश्चित मानेकी छन्। ‘यो रहस्य खुलाउनुको कारण कसैको सहानुभूति खोस्न, कसैलाई चकित पार्न वा म आफूलाई परिवर्तित देखाउन होइन, यो सिर्फ केही तथ्य हो,’ बलिउडका दसवटा फिल्म खेलिसकेकी शेर्लिनले प्रष्ट पारिन्। शेर्लिनको स्वीकारोक्ति पढेर प्रशंसकहरुले खुलेर तारिफ गरेका छन्। शेर्लिनको इमानदारी, हिम्मत र सत्यताको प्रशंसा गरिएको छ। शेर्लिन बिग बोसको तेस्रो सिजनमा सहभागी भएकी थिइन्।


भिडियोसहित हेर्नुहोस्।