आफ्नी आमालाई पर बस्न लगाएर रोमान्स गरे विक्की मल्लले

नायिका मौसमी मल्लले छोरा विक्की मल्ललाई 'समय मार्फत' नेपाली सिनेमा क्षेत्रमा उतारेकी छिन् ।



पटक-पटक रिलिज डेट सरेको सिनेमा समय फागुन १८ गतेबाट देशभरको हलमा प्रदर्शनमा आउने भएको छ । समयमा विक्कीले नायिका सुरबी जैनसँग निकै रोमान्स गरेका छन् ।

विक्की र सुरबी असली प्रेमी प्रेमिका भएको खबरहरु सार्वजनिक भएपनि यो सत्य नभएको सुरबीले बताएकी छिन् । फिल्म भित्र प्लेब्वाइको भूमिका निभाएका विक्कीले सुरबीको साथमा रोमान्स गरेका हुन् ।

सुरुवातमा उत्तेजक दृश्य दिन निकै अप्ठ्यारो भएको बताएका विक्कीले नायिकासँग रोमान्सको दृश्य दिँदा आमालाई छायाङ्कन स्थलबाट पर राखेर दिएको खुलासा गरेका छन् । आमाको आगाडि त्यस्तो दृश्य दिन अप्ठ्यारो हुने भएकोले छायांकन सेट बाहिर बस्न लगाएको विक्कीले बताएका हुन् ।


कस्तो रोमान्स गरीन् त हेर्नुस् भिडियोमा