आँखाको नानीमै रौँ पलाएपछि…

के तपाइँले कसैको आँखाको नानीमा रौँ पलाएको देख्नुभएको छ ? सायद छैन होला । देखियोस् पनि कसरी ? कसैको आँखाको नानीमा रौँ पलाउने भए पो । आँखाको वरिपरी अर्थात् परेला र आँखिभौँमा भने प्रसस्तै उम्रिएका रौँ बाहेक आँखाभित्र रौँ पलाउँदैन । तर इरानका एक जना युवकको भने आखाभित्रै रौँ पलाएको छ । १९ वर्षका ती युवकको आँखाको नानी रौँ पलाएका छन् । नानी सँगै जोडिएर उठेको फोका अर्थात् सिस्टमा रौँ पलाएका कारण उनलाई निकै हैरानी भएको छ । आँखाभित्र रौँ पलाएका कारण उनलाई आँखा झिमिक्क पार्दा रौँ ले घोँच्ने हुनाले सधै दुख्ने गर्छ । शल्यक्रिया गरेर रौँ पलाएको फोका हटाउनका लागि इरानको ताब्रिज मेडिकल कलेजमा ती युवालाई भर्ना गरिएको छ । आँखाभित्र रौँ पलाउनु एक दुर्लभ स्वास्थ्य समस्या हो । यसलाई लिम्बल डर्मोइड्स भनिन्छ । यो हरेक १० हजार आँखारोगी मध्ये जम्मा एक जनामा हुने सम्भावना हुन्छ । यो स्वास्थ्य समस्या जन्मजात हो र भ्रुणको अवस्थामै यस्तो विकृति पैदा हुन्छ

पुरा हेर्नुहोस्