पैसाका लागी जोसुकैसगँ पनी सेक्स गर्न तयार

हरेक तीन जनामा एक जना बेलायती पैसाका लागि जोसुकैसँग पनि सेक्सका लागि तयार हुन्छन् । बेलायतका जनताले पैसाकै लागि आफ्नो जवानी दाउमा राख्लान् भनेर सायद पत्याउनुहुन्न होला । तर यो कुरा सत्य हो की एक तिहाइ बेलायती १० लाख पाउण्ड पैसा पाएमा जोसँग पनि सेक्स गर्न तयार हुन्छन् । अध्ययनअनुसार ३५ प्रतिशत बेलायतीले १० लाख पाउण्ड आफ्नो हातमा पारिदिने जोसुकैसँग आफु यौनक्रिडा गर्न तयार हुने बताएका छन् । झण्डै १४ करोड २४ लाख रुपैयाँमा जोसुकैलाई जवानी सुम्पिन तयार हुने बेलायतीहरु सयमा ३५ जना भएपनि अरु ६५ जनाले भने पैसाका लागि आफुले आफ्नो अस्मिता नबेच्ने बताए । आफुले कुनैपनि बहानामा पार्टनरलाई धोका दिन नसक्ने उनीहरुको भनाइ छ । अनलाइनबाट गरिएको सर्भेअनुसार ४५ प्रतिशत बेलायतीले फोन सेक्सको मज्जा लिने गरेका छन् । त्यस्तै १४ प्रतिशतले सेक्सको बेला आफ्नो पुर्व प्रेमी/प्रेमिकालाई सम्झिने रहेछन् भने पाँच प्रतिशतले सेक्सकै बेला आफ्नो कार्यालयका सहकर्मीलाई सम्झिदा रहेछन् । अध्ययनअनुसार बेलायतीहरुले हप्तामा तीनदेखि चार पटकसम्म सेक्स गर्छन् । दुई प्रतिशत बेलायतीले अहिलेसम्म आफुले एकसय भन्दा बढि जनासँग सेक्स गरेको बताएका छन् । २२ प्रतिशत बेलायतीले भने अहिलेसम्म सेक्सका बेला कण्डम प्रयोग गरेका छैनन् पुरा भिडियो हेर्नुहोस् ।