रक्सी यस्तो लाग्यो कि अचेत भएछु-गायीका अन्जु पन्त
गाडी किन्नुभयो ? छैन, काठमाडौंमा ट्याक्सी नै चढ्छु। गाडी किन्ने पैसाले घरै बन्छ। उसो भए घर बनाउनुभयो त ? भर्खरै एकतलाको घर किनेर तला थप्दैछु। एउटा गीत गाएको कति लिनुहुन्छ ? परिस्थिति र सम्बन्ध हेरेर लिन्छु। यति नै भन्ने छैन। कतिवटा गीत गाइसक्नुभयो ? एक वर्ष जतिअघि नै ५ हजार पुगेको थियो। त्यसपछि गनेको छैन। किन क्रिस्चियन हुनुभएको ? सानोमा दिदीले मलाई चर्च लिएर जानुहुन्थ्यो। मेरो गायनको सुरुवात प्रभुको स्तुति गाएरै भएको हो। चर्च गएपछि म मेरा टेन्सनहरू बिर्सन्छु र रिलिफ महसुस हुन्छ। डिभोर्सपछिको जीवन कस्तो छ ? एक्लो जीवन झनै आनन्द। छोरी हुर्काइरहेकी छु। एकल निर्णय गर्न सिकेकी छु। पुनर्विवाहको सोचाइ छ ? एकपटक गरिसकेको गल्ती फेरि दोहोर्याउन चाहन्नँ। सबैभन्दा दुःखद क्षण ? बुबा र दाइ बित्दा। चलचित्रमा कुन नायिकालाई तपाईंको पाश्र्वगायन बढी सुहाएको जस्तो लाग्छ ? रेखा थापा, झरना थापा र केकी अधिकारी। कुन नायिकाका लागि पाश्र्वगायन गर्ने मन छ ? मनीषा कोइरालाका लागि । मीठो गरी पकाउन आउने कुरा ? पोर्क ग्रेभी। मात्ने गरी पिएको घटना ? मेरी आमा तामाङ भएकीले उहाँले छोरी बाइस दिनको हुँदा उतैको चलनअनुसार मलाई चिसो नलागोस् र बच्चीका लागि प्रशस्त दूध आओस् भनेर रक्सी तताएर ख्वाउनुभएको थियो। रक्सी यस्तो लाग्यो कि म अचेतजस्तै भएर घण्टौं निदाएछु। दुई सेक्सी स्वदेशी पुरुष ? पाइलट तथा अभिनेता विजय लामा र उद्यमी विजय गजानन्द वैद्य सबैभन्दा खुसी भएको क्षण ? छोरी परितोषिकाको जन्म भएको बेला । बिहान उठ्दा लिंग परिवर्तन भएर सुन्दर युवक हुनुभएछ भने ? सायद मलाई सबैका सामु म गायिका अञ्जु पन्त नै हो भनेर प्रमाणित गर्न गाह्रो पर्ला रक्सी यस्तो लाग्यो कि अचेत भएछु हेर्नुहोस कसरि अचेत भइन ।