डिआइजी सा’पाको तरुनी खेती

१३ माघ, काठमाण्डौं । सशस्त्र प्रहरीका डिआईजी सुशील श्रेष्ठ नारीवादी होइनन तर ‘नारीप्रेमी’ हुन् । घोषित श्रीमतीबाहेक उनले झन्डै आधार दर्जन नारीलाई रखैल बनाइसकेका छन् तर श्रीमतीकै दर्जा दिएर । विवाह गरेर भित्र्याएकी श्रीमतीसित सम्बन्ध सुमधुर बन्न नसकेपछि श्रेष्ठले अन्यत्र आँखा डुलाउन थालेका हुन् । उनले ५ जनालाई रखैल बनाएको र उनीहरु मध्यै ४ जनालाई श्रीमतीकै दर्जा दिएको स्रोतको दाबी छ । श्रेष्ठकी खास श्रीमती अञ्जली प्रधान हुन् । यता रखैलका रुपमा भावना राई, अम्बिका शर्मा, तारा सिंह तथा थर नखुलेका राधिका र गीतालाई राखेको स्रोतले बताएको छ । यी मध्ये भावना, अम्बिका, राधिका र गीतालाई उनले श्रीमतीकै हैसियत दिएका थिए । सशस्त्र प्रहरी व्यारेक पथलैयामा रहँदा सरकारी कार्यालयमा कार्यरत एक महिलासँग पनि उनको न्यानो सम्बन्ध रहेको स्रोतको दाबी छ । नेपाली सेनामा छँदा नै श्रेष्ठको अञ्जलीसँग बिहे भएको थियो । विवाह गरेको केही बर्ष दाम्पत्य सम्बन्ध राम्रै चल्यो । तर, श्रीमान्को अन्य तरुनीसँग पनि चक्कर रहेको सुईको पाएपछि अञ्जली झस्किएकी थिइन् । त्यसपछि विग्रिन थालेको सम्बन्ध अन्ततः डिभोर्सका लागि अदालतसम्म पुग्यो । तर, सानो छोराका कारण उनीहरुबीचको डिभोर्स हुन सकेको छैन् । आपसी समझदारमिा केही बर्ष उनीहरु फेरि मिलेर बसे । यद्यपी, फेरि उही सिलसिला दोहोरियो र दुवै छुट्टा छुट्टै बस्न थाले । यसैबीच श्रेष्ठलाई भने तरुनी फेर्ने लत नै बसिसकेको छ ।