एकीकृत माओवादीको महाधिवेशनका लागि एकहजार शौचालय र २५ सय सिरक

६ माघ, हेटौडा । एकीकृत नेकपा माओवादकिो सातौं राष्ट्रिय महाधिवेशन आयोजनास्थल हेटौंडा औद्योगिक क्षेत्रस्थित कपडा कारखाना परिसरमा एक हजार वटा शौचालय निर्माण गरी प्रयाग गरिने भएको छ । महाधिवेशमा आउने करिब पाँच हजार प्रतिनिधि, पर्यवेक्षक, विदेशी पाहुनाजन तथा अतिथिहरुको सुविधाका लागि आयोजक मूल समितिले ५ सय नयाँ अस्थायी शौचालय निर्माण गर्ने भएको हो । कारखानापरिसरमा रहेका ५ सय शौचालयलाई मर्मत सम्भार गर्ने र नयाँ निर्माण कार्य जारी राखिएको छ । ‘प्रति पाँच जनालाई एउटा शौचालय सुविधा पर्ने गरी व्यवस्था गर्न लागेका छौं’ महाधिवेशन प्रचारप्रसार समिति संयोजक बलराम बलले जानकारी भएको हो त्यस्तै महाधिवेशनका सहभागीलाई सुत्नका लागि हेटौंडा औद्योगिक क्षेत्रस्थित बन्द उद्योगका गोदाम, कार्यालय र क्षेत्रस्थित विभिन्न गेस्ट हाउस गरी २२ स्थानको व्यवस्था मिलाएको छ । सुत्न प्रति दुई जनालाई एउटाका दरले २ हजार ५ सय सिरक बनाउन पार्टीले हेटौंडा बजारका विभिन्न कपडा पसलहरुलाई जिम्मा दिएको छ । ‘भ्याएसम्म सबै नयाँ बनाउँछौं’ संयोजक बलले भने,’अन्तिमसम्म पनि नभ्याए मात्रै टेन्ट हाउसबाट भाडामा ल्याउँछौं ।’