श्रीमती सीताको उपचारका लागि प्रचण्ड बैंकक जाने

एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड पत्नी सीतको उपचारका लागि आज बैंकक जाँदै छन्। दिउँसो २ बजे थाइ एयरवेजको उडानमार्फत दाहाल पत्नी सीताको उपचारका लागि बैंकक जान लागेको दाहालका स्वकीय सचिवले जानकारी दिए ।

राजनीतिक संकट समाधान भन्दा समस्या तर्फ लम्किरहेका बेला दाहालको विदेश यात्राले हिजोमात्र राष्ट्रपति डा.रामवरण यादवले सातौँ पटक दिएको पाँच दिनको समयमा समेत समति नबन्ने आशंका उठेका छन् । दाहालको केन्द्रमा रहेको भनिएको नेपालको राजनीतिमा दाहालकै उपस्थिति बिना सहमति हुने सम्भावना देखिदैन् ।