शिव पार्वती बन्दै ऋतिक र करिना
बलिउड नायक ऋतिक रोशन र नायिका करिना कपुर अब नयाँ भूमिकामा देखिने भएका छन् । निर्माण हुन लागेको नयाँ चलचित्र ‘शुद्धी’मा ऋतिक र करिनालाई शिव पार्वतीको भूमिकामा देखिने छ । लामो समयदेखि चलचित्र ‘शुद्धी’का लागि नायिकाको खोजी भइरहेको थियो । नायिकाको बिषयमा विभिन्न खालका चर्चा पनि चलेका थिए । तर अब नायिका करिना कपुरलाई निर्माणपक्षले पक्का गरेको छ ।
करण मल्होत्राको यो ड्रिम प्रोजेक्टमा यि दुई एक साथ देखिन लागेको हुन् । नायिका पक्का भएपछि करणले भनेका छन्, मलाई विश्वास छ करिनाले सोचेजस्तै काम गर्नेछिन् । ऋतिक र करिनाले यसअघि केही सिनेमामा काम गरिसकेका छन् । ‘कभी खुशी कभी गम’मा यो जोडी निक्कै हिट भएको थियो । यसपश्चात यो जोडीले ‘मे प्रेमकी दिवानी हुँ’, ‘मुझसे दोस्ती करोगी’ जस्ता सिनेमामा काम गरिसकेको छ ।
