भारत सरकारले ३९ पोर्न वेबसाइटमाथि प्रतिबन्ध

नयाँ दिल्ली, असार १३, भारतको केन्द्रिय सरकारले एक आदेश जारी गर्दै केही अश्लील वेबसाइटहरूमाथि प्रतिबन्धित गरेको छ ।



एक समाचारपत्रमा प्रकाशित एक रिपोर्ट अनुसार दूरसञ्चार विभागले १३ जून मा इन्टरनेट सर्भिस प्रोभाइडर्सलाइ जारी गरेको निर्देशनमा ३९ वटा वेबसाइटहरू बन्द गर्न भनेको छ । डीओटीले बताए अनुसार अश्लील साइटहरूबाट अश्लील फोटो तथा यसको यूआरएललाइ तत्कालै रद्द गर्न भनेको छ ।

रिपोर्टमा बताइए अनुसार प्रतिबन्धित वेबसाइट भारतबाट बाहिरका देशहरूबाट होस्टेड भएका छन, जुन अमेरिकी कानूनको धारा १८ यूएससी २२५७ अन्तर्गत संचालित हुने गर्दछन । यी सबै वेबसाइट बन्द गर्ने कुनै कारण भने खुलाइएको छैन ।