विश्वकै सबैभन्दा जेठा व्यक्ति १ सय १६ वर्षको उमेरमा निधन

जेठ ३० – विश्वकै सबैभन्दा जेठा र अहिलेसम्म सबैभन्दा धेरै बाँचेका जापानका जिरोईमोन किमुराको १ सय १६ वर्षको उमेरमा निधन भएको छ ।



किमुराको पश्चिमी जापानमा पर्ने क्योटोको क्योटाङ्गोमा रहेको अस्पतालमा बिहान निधन भएको हो । जापान सरकारले किमुराको निधन प्राकृतिक कारणले भएको जनाएको छ । गएको डिसेम्बरमा गिनिज वल्र्ड रेकर्डस्ले किमुरालाई सबैभन्दा बृद्ध जीवित व्यक्तिका रुपमा दर्ता गरेको थियो ।

किमुराका ७ जना छोराछोरी सहित चार पुस्ताका गरी ५३ जना सन्तान रहेका अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् । किमुराको जन्म सन् १८९७ अप्रिल १९ मा भएको थियो ।