स्थापना भएको ४४ बर्षसम्म पाँच शिक्षिकाले चार विद्यार्थी पढाउँदा
११ जेठ, वीरगञ्ज । स्थापना भएको ४४ वर्षसम्म एउटा विद्यालयमा पाँच शिक्षिकाले चारजना विद्यार्थीलाई पढाउँछन् भन्दा विश्वास गर्न गाह्रो पर्छ, तर सत्य त्यही हो । वीरगन्जस्थित नेपाल राष्ट्रिय प्राथमिक शुक्रराज विद्यालयमा पाँच शिक्षिकाले चारजना विद्यार्थीलाई मात्र पढाउने गरेका छन् ।
वीरगन्ज उपमहानगरपालिका–५ मा रहेको शुक्रराज विद्यालयमा पाँच शिक्षिकाले चारजना विद्यार्थीलाई पढाउन थालेको पर्साका जिल्ला शिक्षा अधिकारी हरिप्रसाद वस्तीले प्रत्यक्ष निगरानीमा राखेपछि रहस्य खुलेको हो । ‘विद्यार्थी नआउँदा पढाउनै बिर्सिसकियो,’ विद्यालयकी शिक्षिका निलम नेपालले भनिन् । प्रत्येक दिन मजदुरी गरेर खाने विपन्न (मेस्तर) समुदायका बालबालिकाले मात्र यो विद्यालयमा पढ्ने गरेका छन् । ‘दिनहुँ सबै विद्यार्थी आउँदैनन्,’ उनले थपिन् । अर्की शिक्षिका अर्चना सिंहले पनि चारजना विद्यार्थीतर्फ देखाउँदै उनीहरूको घरमै गएर ल्याई पढाएको बताउँछिन् । उनीहरूले जम्मा विद्यार्थी संख्या ३८ रहेको दाबी गरे ।
शिक्षिका विद्यार्थीको घरमै पुग्नुपर्ने बाध्यता भने जिल्ला शिक्षा अधिकारी वस्तीको विद्यालय अनुगमन र कडाइ नै रहेछ । ‘विद्यार्थी नआउने र पढाउनु पनि नपर्ने, तर महिना बित्नासाथ खुत्रुक्क तलब आउने भएपछि शिक्षिकाहरूलाई मरिहत्ते गरेर किन टाउको दुःखाउनु पर्यो र,’ विद्यालयसँगै घर जोडिएको एक छिमेकीले नाम नछाप्ने सर्तमा भने । तारामण्डल छानो, शौचालय, खानेपानी, खेलमैदान र विद्यार्थी सबैथोक नभएको विद्यालय २०२६ सालमा निजी विद्यालयको रूपमा स्थापना भएको रहेछ ।
पछि २०३२ सालमा नयाँ शिक्षा लागू भएसँगै सामुदायिक विद्यालयमा रूपान्तरण भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सो विद्यालयकै पूर्वप्रधानाध्यपक भीमबहादुर जोशी विद्यालयका जन्मदाता हुन् । ‘उनी अवकाशप्राप्त भएपछि म यो विद्यालयको प्रधानाध्यापक भएकी हुँ,’ शिक्षिका गीता श्रेष्ठले भनिन् । शिशु कक्षादेखि कक्षा ५ सम्म पढाइ हुने भनिएको सो विद्यालयको जमिन पूर्वप्रधानाध्यापक जोशीले दिएको श्रेष्ठको भनाइ छ । ‘जमिन जोशी सरले दिए पनि विद्यालय भाडामा भएकाले पाठ्यपुस्तक र छात्रवृत्तिबाहेक थप सुविधा नपाउँदा स्तरवृद्धिमा कठिनाइ भयो,’ उनले भनिन् राजधानी दैनिकमा खबर छ ।
सहिदको नामको विद्यालय ४४ वर्षे उमेरको हुँदा पनि त्यसको जन्मदाता, निगरानी राख्ने निकाय र त्यस क्षेत्रको विद्यालयको स्रोतव्यक्ति, विद्यालयका प्रधानाध्यापक र शुभेच्छुकहरूको सकारात्मक सहयोग नपाउँदा जवानी नभई यो विद्यालय बूढो भएको छ । ‘सहिदको नाममा पनि लुट्ने मात्र काम भएको देखियो । विद्यालयको स्रोतव्यक्ति र यसभन्दा अगाडिका जिल्ला शिक्षा अधिकारीहरूले के हेरेर बसे ? नगरभित्रको यो अवस्था छ भने ग्रामीण क्षेत्रमा के होला,’ स्थानीय निरज पिठाकोटे मगरले भने । यता, पर्सा जिल्ला शिक्षा अधिकारी वस्ती भने सहिदको नाममा नांगो नाच देखाइएको बताउँछन् ।