नेपालका बिद्यालयलाई सघाउन कतारी ‘रोयल’को सगरमाथा यात्रा
२५ चैत, काठमाण्डौ । नेपालको शैक्षिक बिकाशमा सघाउने उदेश्यसहित कतारको राजपरिवारका एक सदस्य सगरमाथा आरोहण अभियानमा जुटेका छन ।
यसअघि नै बिश्वका अग्ला ६ वटा शिखर आरोहण गरिसकेका कतारी राजपरिवारका सदस्य शेख मोहम्मद बिन अब्दुल्लाह अल थानी सगरमाथा आरोहणका लागि शनिवार काठमाण्डौबाट लुक्लातिर लागेका छन ।
शिखर आरोहणमा उनका पुरानै चार सहयात्रीका साथ उनी केही दिनअघि काठमाण्डौ आइपुगेका थिए । जसमा प्यालेष्टाइन, लेवनान, युएईका तीन पुरुष साथी र साउदी अरेबियाकी एक महिला पनि छन ।
‘यसपटक सगरमाथाको शिखरमै पुग्ने योजनासहित आएको छु’ सन् २००९ मा आधारशिविरसम्म पुगेका अल थानीले भने-’मेको अन्तिमसम्ममा शिखरमा पुग्ने योजना छ ।’ कतारस्थित च्यारिटी संस्था ‘रिच आउट टु एसिया’का ब्राण्ड एम्बेस्डरसमेत रहेका उनले नेपालको शिक्षा क्षेत्रमा सहयोग गर्न आरोहण गर्न लागेको बताए । एयर अरेयिबासहित कतारका दर्जन बढि कम्पनीका बोर्ड सदस्य रहेका अल थानीले भने-’मेरा ग्राहकहरुसँग मैले डोनेसन मागिरहेको छु, यसबाट दश लाख अमेरिकी डलर उठाउने लक्ष्य छ ।’ उनले अहिले पनि रिच आउट टु एसियामार्फत् कैलालीका बिद्यालयलाई सहयोग गरिरहेका छन ।
‘यसपटक म ४५ दिनसम्म नेपाल बस्नेछु’ अल थानीले भने ।
अल थानी आफु सौखिन आरोही त हुन नै सहासिक पर्यटनका क्षेत्रमा पनि काम गरिरहेका छन । पश्चिमाहरुका माझ नेपालको एक्सपिडीसन क्षेत्र लोकपि्रय रहेपनि मध्यपूर्वका पर्यटकहरुको संख्या निकै नगण्य छ । ‘ मध्यपूर्व क्षेत्रको प्रख्यात ट्राभल अनलाइन मुसाफिर डटकमका संस्थापक समेत रहेका उनले मध्यपूर्वका धनाढ्य र सौखिन पर्यटकहरु बेलायत, फ्रान्स इजिप्टजस्ता बिकशित मुलुकमा गएर सपिङ गर्छन’ अल थानीको अनुभव छ-’यस्ता सहासिक यात्रालाई उनीहरु मूर्ख काम ठान्छन ।’
खाडी क्षेत्रका पर्यटकहरुलाई नेपाल आर्कषिर्त गर्न नेपालले पर्यटकीय गन्तब्यको प्रर्बद्धन गर्नुपर्ने अल थानीले सुझाव दिए । मरभूमीका मानिसलाई नेपालजस्तो पर्या-पर्यटनमा आर्कषिर्त गर्न सकिने धेरै सम्भावना रहेको अल थानीले सुनाए ।