मारेर फालेका सिनो खाने यी अचम्मका व्यक्ति ,जसले दुर्घटनामा मरेर बाटोमा फालेका जनावरहरु आहाराका रुपमा खाने गर्दछन
लन्डनका बोड्मिन मोरका ७२ वर्षीय आर्थर बोइट एक अचम्मका व्यक्ति हुन् जसले अचम्मका खानेकुरा खान्छन् । उनले खाने मासु निकै अचम्मको छ, दुर्घटनामा मरेर बाटोमा फालेका जनावरहरु उनका आहारा हुन् । उनको यस्तो व्यवहारले धेरै बदनामी खेप्नु परेता पनि यस्ता जनावरको मासुबाहेक अरु खानु बकवास भएको भन्ने गर्दछन् । विगत एक वर्षदेखि उनले ‘ रोडकिल कोनोइसर ’ को उपाधि प्राप्त गरेका छन् ।
‘मलाई जहिले पनि यस्तो कुरा कसरी सुरुवात भयो भनेर सोध्ने गर्दछन्,’ उनले एक अन्तर्वातामा भने । ‘सन् १९७६ पश्चात्, जब मैले आफैले कमाएर खानुपर्ने अवस्था आयो तब मैले खानेकुरामा कसैको पनि भावना याद गरिरहनुपरेन । बाहिरबाट खानेकुरा ल्याएर घरमा ल्याएर पकाउन थाल्नुपर्ने भयो । त्यतिबेला मैले दुर्घटनामा मरेका र बाटोमा फालिएका जनावरहरु घरमा ल्याउन थालेँ, म ट्याक्सिडर्मिस्ट भएका कारण जनावरहरुको छाला निकालेर त्यसलाई सुरक्षित राख्ने गर्दछु र जनावरको शरिरलाई यत्तिकै फाल्नु सट्टा, मैले त्यसलाई खाने सोच बनाएँ, मलाई लाग्छ यसरी नै यी सब कुराहरुको थालनी हुनपुग्यो ।’ उनले यस्तो खाने गरेको भएपनि आफ्नो आहाराको लागि कहिले पनि जनावरहरुलाई नमारेको दाबी गर्छन् । प्रकृतिको कुनै पनि कुरा खेर जाने कुरा उनी विश्वास गर्दैनन् ।
बोइटले आफ्नो ग्यारेजमा एउटा ठूलो फ्रिज राखेका छन् जसमा उनले दुर्घटनामा मरेका थुप्रै दुर्लभ जनावरहरु र चराहरु राख्ने गरेका छन् । मरेर बाटोमा फालिएका सबै जनावरहरु नखाने उनले जिकिर गरे र उनले आफू कहिले पनि नरभक्षक नहुने समेत खुलासा गरे । उनले पालेको बिरालो मर्दा त्यसलाई नखाई पुरेको समेत उनले बताए । ‘मैले त्यसलाई खाइनँ, यदि मेरी श्रीमतीले देखेकी भए मैले के जवाफ दिन्थेँ ?’उनकी श्रीमती शाकाहारी हुन् । विवाह गरेको १० वर्ष भइसक्दा पनि उनलाई बोइटले खाने वस्तुहरुमा आपत्ति छ । बोइटले आफ्नो खानेकुरासँगै राखिएको अर्को खानेकुरा उनले कहिले पनि खाइनन् ।(एजेन्सी)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi1BalZ765fadErfBh9zAiaEms4kB06XvnYXT-fH0Y0g4Cs37gq6sLAEBOY6Ss9q9TsNNbtMHpxP0TjYGLJj3rMvki9dsEDUcMLU-mmI7EV0xfKrJj9DhM6cuN61TB0F34PbHJ_ylLuD4Ck/s400/death+animals.jpg)