विस्केट जात्रामा रथ तानातान गर्दा किचिएर ९ जना घाइते,३ जनाको ज्यान गयो
चैत २९ – भक्तपुरमा विस्केट जात्राको अवसरमा रथ तान्ने क्रममा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
८ रात ९ दिनसम्म धुमधामका साथ मनाइने उक्त पर्वमा ९ जना घाइते समेत भएका छन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgAIwiVwDg0bWVh6ffQZ_2CMn6_ERBP2844egorhPs6cG9b0_LQ-X7byeXuHBtwMzxV6AIZkCZVtHOTV5u5PeWKhdRbZ_4fl_PqB2ctWdVcTcBoD219MrmjR1HGVyQXNACMFh_q0Ct6Og8u/s400/bis.jpg)
भक्तपुरको तौमढीमा भैरवको रथ तान्ने क्रममा किचिएर घाइते भएका एक जनाको मृत्यु भएपछि ज्यान जानको संख्या ३ पुगेको हो ।
रथ तानातानका क्रममा ज्यान गुमाउनेहरुमा भक्तपुर तौमढीका २२ बर्षका रुकेश शिल्पकार, २२ बर्षीय आशिष सुवाल र २३ बर्षका धीरेन्द्र शिल्पकार रहेका छन् ।
तौमढीबाट माथि र तलका बासिन्दाले आ–आफ्नो टोलमा रथलाई लैजान तान्ने क्रममा बुधबार राति करिब ९ बजे उनीहरुलाई रथले थिचेको थियो ।
घाइतेहरुको मध्यपुर अस्पताल, सिनामंगलस्थित केएमसी र महराजगंजस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको बताइएको छ ।