के छापियो आइतबारका दैनिक पत्रिकामा ?
आज मिति २०६९ साल चैत महिनाको २५ गते आइतबार आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले मधेसका शक्तिशाली एमाले नेता रामचन्द्र झा शनिबार एकीकृत माओबादीमा प्रवेश गरेको समाचारलाई प्राथमिकताकासाथ छापेका छन् । यस्तै त्रिभुवन विश्वविद्यालयले १३ जेठमा स्वतन्त्र विद्यार्थी युनियनको चुना गर्ने घोषणा गरेको समाचालाई पनि आजका दैनिक पत्रिकाले प्राथमिकताकासाथ छापेका छन् । यस्तै कान्तिपुर दैनिकले नेपाली राहदानी तीन लाखमा विक्रि शीर्षकमा प्रमुख समाचार छापेको छ ।




