खिलराजलाई प्रधानमन्त्री बनाए सशक्त आन्दोलन : २२ दल (विज्ञप्तिसहित)
३० फागुन, काठमाण्डौ । नेकपा-माओवादीसहितका २२ दलले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको प्रधानमन्त्री बनाए सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन् । प्रधानन्यायाधीश रेग्मीलाई प्रधानमन्त्री बनाउने मधेशी मोर्चासहित मूख्य चार दलको तयारी भइरहेका वेला बुधवार अपरान्ह राजधानीमा पत्रकार सम्मेलन गरेर वैद्य माओवादी सहितका २२ दलले आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

उनीहरुले असंबैधानिक रुपमा न्यायपालिकाका प्रमुखलाई असंबैधानिक रुपमा चुनावी सरकारको नेतृत्व दिने षडयन्त्र भइरहेको भन्दै यदि त्यसो गरिए देशभर आन्दोलन चर्काउने चेतावनी दिएका हुन् । उनीहरुले दल बाहिरवाट नभइ दलभित्रैको व्यक्तिलाई प्रधानमन्त्री बनाए नयाँ निर्वाचनमा जानु पर्नेमा जोड दिएका छन् ।
