जेल हाल्ने धम्की दिई २२ हजार रुपैयाँ खाएको’ आरोप

नेपालगन्ज, फाल्गुन ३० – एक जना ग्रामीण बासिन्दाले बाँकेको भोजभगवानपुर ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गजेन्द्रबहादुर चौधरीले जेल हाल्ने धम्की दिई आफूबाट २२ हजार रुपैयाँ लगेको आरोप लगाएका छन् ।



‘तिम्रो विरुद्ध उजुरी छ, हिँड् भन्दै ‘ आएका प्रहरीले मटेहियाका ५० वर्षीय मुसे यादवलाई आर्थिक शोषण गरेका हुन ।

प्रहरीले स्थानीय मुनव्वर अली मुकेरीसँग मिलेर भैसी चोरीको अरोपमा आफूबाट ६० हजार रुपैयाँ असुल्ने योजना बनाएको यादवको भनाई छ । पीडित यादवले राप्ती पूर्वका मटेहिया, गंगापुर,कालाफाँटा, लक्ष्मणपुर र कटकुइयाका बासिन्दालाई थुन्ने र जेल हाल्ने डर त्रास देखाएर प्रहरी र जालिफटाहाले आर्थिक शोषण गर्दै आएको दावी गरेका छन् । उनले प्रहरीको उक्त व्यबहार बिरुद्ध जिल्ला प्रहरी,प्रशासन,अख्तियार, मानव अधिकार आयोग र राष्ट्रिय सतर्कता केन्द्र सहितका निकायमा उजुरी दिएका छन् ।

आर्थिक शोषणका आरोपी प्रहरी निरीक्षक चौधरीले ‘त्यसरी कसैसँग पैसा नलिएको’ दावी गरे । निरीक्षक चौधरीले,’ मौखिक उजुरी आएकाले गाउँमै मिलाउनु भनि पठाएको र पछि के भयो थाहा नभएको बताए ।’