शितल निवासमा प्रभुको नाममा रेग्मीसहित दुई मन्त्रीले सपथ लिए

चैत्र १ – चुनावी सरकारका लागि अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्षका रुपमा प्रधानन्यायाधीश खिलराज रेग्मीसहित दुई जना मन्त्रीले आज सपथ खाएका छन् ।

रेग्मीसहित सपथ खाने अन्य दुई मन्त्रीमा माधव प्रसाद घिमिरे र हरिप्रसाद न्यौपाने रहेका छन् ।

घिमिरेलाई गृह तथा परराष्ट्रको जिम्मेवारी दिइएको छ भने हरिप्रसाद न्यौपानेलाई कानुन, न्याय, संसदीय व्यवस्था, संविधान सभा तथा श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सपथ लिने क्रममा उनीहरुले नेपालको अन्तरिम संविधान नभनेर इश्वरको नाम लिएका छन् ।



राष्ट्रपति रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५८ अनुसार बाधा अड्काउ फुकाई संविधानको धारा ३८ ९१० बमोजिम रेग्मीलाई अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्षका रुपमा नियुक्त गरेसँगै मन्त्रीहरुलाई पनि सपथ खुवाइएको हो ।