म्यानमारमा पुनः जातीय दङ्गा, १० को ज्यान गयो

एजेन्सी - समय समयमा जातीय दङ्गा भइरहने म्यानमारमा पुनः बिहीबार यस्तै अर्काे एउटा दङ्गा भड्किएको समाचारमा जनाइएको छ ।

म्यानमारमा बिहीबार भड्किएको सो हिंसामा परी कम्तीमा पनि १० जनाको ज्यान गएको म्यानमारका अधिकारीहरूले जनाएका छन् ।



म्यानमारको पश्चिमी राखिनी प्रान्तमा सो हिंसा भएको अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार सो ंिहसामा परी अरुपनि दर्जनौँ नागरिक घाइते भएका छन् ।

सो क्षेत्रमा मुस्लिम धर्मावलम्बी र बौद्धमार्गीबीच सो हिंसा भड्किएको हो । उक्त प्रान्तमा विगतमा पनि यस्तै हिंसा मच्चिने गरेको र त्यसमा परी सयौँ नागरिकको ज्यान जाने गरेको छ ।

म्यानमारको प्रमुख प्रतिपक्षी दल नेशनल लिग फर डेमोक्रेसीका एकजना नेता विन एचटिनले राखिनमा त्यस्तो हिंसा जारी रहेको जनाएका छन् ।

उनले सोही प्रान्तको एक सहर मिकटिलाबाट टेलिफोनगरी दिएको जानकारी अनुसार उनले १० वटा शव देखेका थिए ।

साथै सोही क्षेत्रका स्थानीय बासिन्दाहरूले पनि आफुहरूले हिंसा मच्चिएको र त्यसमा परी नागरिक मारिएका देखेको जनाएका छन् । म्यानमारमा विगतदेखि नै अल्पसङ्ख्यक मुस्लिम र बौद्धमार्गीबीच यस्तो हिंसा बिगतमा पनि हुने गरेको छ ।

गत वर्षमात्र भएको यस्तो हिंसामा परी कम्तीमा पनि ८० जना नागरिकको ज्यान गएको थियो । उनीहरूले एक आपसमा हमला गर्ने र विरोध प्रदर्शन गर्ने गर्दछन् ।