दिल्लीमा एक नेपालीको हत्या
२८ फागुन, पर्सा । रोजगारीको लागि भारतको दिल्ली पुगेका एक पर्सा जिल्लावासी युवकको हत्या गरिएको छ । कामको खोजी गर्दै दिल्ली पुगेका पर्साको गाविस लहावरथकरी-८ धोवियाटोला निवासी मनी हवारीको १८ वर्षीय छोरा अनुर आल्म हवारीको अज्ञात व्यक्तिले हत्या गरेका हुन् । विपन्न परिवारका अनुर रोजगारीको लागि १५ दिन अगाडि मात्र नेपालबाट भारतको दिल्ली गएकोमा गएराति अज्ञात व्यक्तिले उनलाई पेटमा छुरा प्रहार गरी हत्या गरेको थाहा पाएपछि धोविया टोल नै शोकाकुल भएको छ ।अनुरसँगै रहेका उनका काकाका छोरा नाजीर हवारी पनि गम्भीर घाइते अवास्थामा प्रहरीले फेला परेको र उनको अवस्था गम्भीर रहेको मृतकका पिता हवारीले बताउनुभयो । अनुरको १६ दिनपछि भारतको भर्वलियामा विवाह हुने तयारी परिवारले गरिरहेका थिए । परिवारको पेट भर्न विदेशीएका छोराको हत्या भएपछि अत्यन्त दुःखी रहेका पिता हवारीले अनुरका हत्यारालाई कारबाही गराउन नेपाल सरकारले भारत सरकारसँग उचित पहल गर्न आग्रहसमेत गर्नुभयो । रासस