पाँचवटा स्तन (भिडियो हेर्नुहोस)

मानिसको सरीरमा दुइवटा स्तन हुन्छन् । तर हलिउड अभिनेता ब्राडली कुपरको सरीरमा पाँचवटा स्तन रहेको खुलासा भएको छ । उनको छातिमा ३ वटा, पाखुरमा एउटा र खुट्टामा एउटा गरी जम्माजम्मी पाँचवटा स्तन रहेको खुलासा भएको हो । हालै एक टेलिभिजन कार्यक्रममा कार्यक्रम प्रस्तोता महिलालाई उनले आफ्नो सरीरका सबै स्तन सविस्तार प्रदर्शन गरे । कार्यक्रम प्रस्तोता एलेन डिजेनेर्स जसले कुपरको अन्तरवार्ता लिइरहेकी थिइन् उनी कुपरको सरीरका ५ स्तन देखेर तिनछक परिन् । सायद कुपरलाई आफ्नो सरीका ५ थुन देखाउन सकसक लागिरहेको थियो होला । त्यसैले उनले कार्यक्रमको बीचमै आफु र एलेनका बीचमा पहिले भएको कुराकानी सम्झाए । केही समयपहिले आफुलाई टेलिभिजन शो मा एलेनले सर्ट खोल्न आग्रह गरेको र आफुले नमानेको कुरा कुपरले सम्झाए, तर एलेनले उक्त घटना आफुले नसम्भिmएको बताइन् ।

त्यसबेला आफुले सर्ट खोल्न किन नमानेको भन्ने कुरा म आज देखाउँछु भन्दै कुपरले सर्टका टाँक खोलेर आफ्नो छातिमा भएको तेश्रो स्तन देखाइहाले । एलेनले रोक्दै थिइन् तर कुपरले सर्ट खोलेर स्तन देखाउँदै आफ्नो तेश्रो स्तन भएको घोषणा गरे । तेश्रो स्तन देखाए लगत्तै उनले आफ्नो चौथो स्तन पनि भएको खुलासा गर्दै पाखुरामा भएको चौथो स्तन पनि देखाए । कुपर त्यतिमै रोकिएनन् आफ्नो पाँचौ स्तन पनि भएको घोषणा गर्दै उनले सुरुवाल माथि ताने र खुट्टामा भएको स्तन पनि देखाइछाडे ।

भिडियो हेर्नुहोस्