तपाईंको आजको राशिफल

आज २०६९ साल माघ १० गते बुधवार, द्वादशी।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
हिजोआज राम्रै समय चल्दैछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने
क्षमता अभिवृद्धि हुनेछ । घरमा विशिष्ट व्यक्तिलाई
अतिथिका रूपमा स्वागत गर्न पाउनु हुनेछ । कुनै विशेष लाभदायक समाचार
सुन्न पाइएला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आजको दिन सामान्य छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ
साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ । सञ्चार क्षेत्रको कारोबार
गर्दा बढी लाभ लिन सकिनेछ । व्यापार व्यवसाय त्यसमा पनि साजसज्जा र
श्रृङ्गारका सामाग्री विक्रेताका लागि विशेष लाभदायक छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । विपरीतलिङ्गीप्रति आकर्षण
बढ्नेछ, अचानक भोगविलासमा तिर्सना जाग्नेछ ।
माया प्रेमको लागि खर्च हुने देखिन्छ । खानपिन, घुमघाम एवं
भेटघाटको बेला छ । बेलुकीपख मनमा अशान्ति र छटपटी व्याप्त हुने छ ।
समय राम्रो छैन ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
छोराछोरीबाट पनि सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।
उपहार प्राप्त हुने सम्भावना छ । आम्दानीमा कमी आउने छैन । भौतिक
साधनको जोहो हुनाका साथै मनोरंजनात्मक क्रियाकलापमा सक्रिय हुने
अवसर जुट्ने छ । जीवनसाथीको भरपुर सहयोग प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चाहनाबमोजिम कार्य सम्पन्न हुनेछन् । अनावश्यक खर्चको योग छ तर
व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । आकस्मिक स्वास्थ्य
समस्या देखा पर्नसक्ने भएकाले सजग रहनु होला । पारिवारिक सुख
मिल्नुका साथै साथीहरुसित मनोरंजन गर्ने अवसर जुर्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज प्रेम र भाइचारा जीवन्त तुल्याउने महत्वपूर्ण दिन हो । त्यसैले आज
साँझ दक्षिण वा पश्चिम दिशाको यात्रा गर्नुहोस्
अनि खोला वा पोखरीका जलजन्तुलाई चारा हाल्नुस् । विशिष्ट
व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । शुभ
कुराको संकेत मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
खराब समय छ । लामो दूरीको यात्रा हानीकारक हुनसक्छ ।
यात्राको योजना छ भने स्थगित गर्नु बेस हुन्छ । शरीरमा पीडा हुनेछ । धेरै
उमङ्ग नल्याउनु नै बेस होला । घाउचोट तथा अन्य वस्तुले पनि दुःख दिनेछ
। अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दाम्पत्य जीवनमा समेत सामान्य खटपट हुने सम्भावना छ ।
मध्याह्नपछि त्यत्ति राम्रो छैन । भनेजस्तो प्रतिफल पाउन संघर्ष
गर्नुपर्ने हुन्छ, त्यसैले महत्वपूर्णकाम दिनको पूर्वाद्र्धभित्रै सक्नु होला ।
पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज पारिवारिक स्वास्थ्यका क्षेत्रमा धन खर्च हुने सम्भावना छ ।
शरीरमा आलस्य र थकानको अनुभव हुनेछ, आफुलाई पनि चोटपटकको भय
छ । खानपिनमा नियन्त्रण गर्नु बेस हुनेछ, साँझमा अचानक
पेटको समस्याले सताउन सक्छ । विचार गरेर काम गर्नुहोला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार व्यवसाय मध्यम रहेको छ । बौद्धिक क्षेत्र राम्रो देखिन्छ ।
गरेका कार्यहरुमा ढिलोमात्र सफलता मिल्नेछ । पारिवारिक सम्बन्ध
सामान्य रुपले अगाडि वढ्ने छ । घरायसी वातावरणमा केही धमिलोपन आउने
छ । समय राम्रो छैन । मित्रको व्यवहार शत्रुतापूर्ण हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ । वैदेशिक रोजगारी गर्ने र
प्रवास वा परदेशमा रहनेहरुले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन् ।
आकस्मिक रुपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य
एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय राम्रै छ । साथीभाइ जम्मा भई मनोरञ्जनमा दिन बित्ने छ ।
लामो समयदेखि गरेका कामको सही मूल्याङ्कन हुने समय आएको छ ।
जति सक्दो नयाँ झन्झटबाट मुक्त रहनु होला । मन एकचित्त बनाएर
लक्ष्य प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ । शुभ कुराको संकेत
मिल्नेछ आजको राशिफलमा जे जस्तो भयनी तपाई हाम्रो आजको दिन शुभ रहोस !
आजको राशिफलले जे-जस्तो भने तपाईंको हरेक पल सुख शान्ती र सफलता पुर्वक बितोस भनी कामना गर्दछौ ।