नवनायिका सोनिया केसी द्वारा ब्लु फिल्म मा अफर आए तयार भएको खुलासा

नेपाली चलचित्रमा धेरै नायिका अभिनयका कारण होइन यौन मामिलामा उदार भएका कारण चर्चामा आउने गरेका छन् । त्यही सिलसिलामा जोडिएकी छन् नवनायिका सोनिया केसी, चलचित्र सिलसिलामा उतेजित अधर चुम्बनको दृष्य दिएर चर्चामा आएकी नवनायिका सोनीया त्यसभन्दा बढी निर्देशक सुरेशदर्पण पोख्रेलसँगको यौन विवादका कारण चर्चामा आइन् । सोनियाले प्वाक्कै भनिदिइन्, सुरेशले मलाई बल्तकारको प्रयास गर्‍यो, यही विवादले सुरेशलाई प्रहरी खोरसम्म पुर्‍यायो । तर विवाद यति फिल्मी शैलीमा मिल्यो की सुरेशले प्रहरी खोरमा रात विताउनै परेन ।

“सेक्स फिल्ममा अफर आएमा काम गर्नुहुन्छ ?“भन्ने प्रश्न लाई सहज रुपमा लिदै सोनियाले उत्तर दिईन : “नगर्ने भन्ने कुरा छैन … “। तर साथै, उनले अहिलेसम्म सेक्सको अनुभव भने नगरेको बताइन। (पत्याउनु, नपत्याउनु तपाईको विचार)भोजपुरी चलचित्रमा अलि बढी नै ग्लामोर र अंग प्रदशन बिक्ने हुनाले होला एउटा नसकिदै अर्को फिल्म मा अनुबन्धन भै सकेको खबर आएको छ।

तपाईको फोटोहरु त निकै हट छन नि सिनेमा बढी पाउने आशा हो ?- सिनेमा पाउन कै लागि त हैन । जमाना अनुसार त्यतिको त खिच्नै पर्‍यो नि हैन र ।

- भनेपछि खुलेर अंगप्रदर्शन गर्नसक्नु हुन्छ ? भयंकर अंगप्रर्दशन गरेर, शरिर देखाएर त्यही खालको नायिका बन्ने सोच हैन मेरो । कुन डेस लगाउँदा सुहाउँछ त्यही लाउने हो । अंगप्रदर्शन गर्ने भन्दैमा जस्तो पायो त्यस्तो लगाउँदिन । नगर्ने भन्ने हैन ठिक्क गर्नुपर्छ ।

तपाईंको विहे गर्ने उमेर भैसक्यो हैन ?- विहे गर्ने समय नै आएको छैन जस्तो लाग्छ । अझै सिनेमा क्षेत्रमा सघर्ष गर्ने योजनामा भएकाले विहे बारे केही सोचेकी पनि छैन

- ब्वायफ्रेण्ड त होलान् नि ? -छैन, छैन अहिलेसम्म । - नव नायिकाहरु फिल्म खेल्नकै निर्माता, निर्देशकहरुको गर्लफ्रेण्ड बन्ने गर्छन नि ? - कतिपय त्यस्ता पनि होलान, तर म त्यस्तो गर्ने पक्षको मान्छे हैनन । आफ्नो क्षमताले यस क्षेत्रमा आउनु पर्छ भन्ने मान्यता राख्छु ।

- उमेर कति भयो नि ?- हत्तेरिका उमेर पनि सोध्ने ?

- हिरोइनहरु उमेर भन्न किन डराउँछन ? - त्यस्तो होइन, म भरखरै २२ बर्षको भएँ ।

- आफुलाई कतिको सेक्सी मान्नु हुन्छ ?- सेक्सी नै ठान्छु, अरुले पनि भन्छन ।

सेक्सलाई कसरी व्याख्या गर्नुहुन्छ ? -यो एउटा प्राकृतिक जैविक कुरा हो । मानवीय आवश्यकताको कुरा हो

सेक्स फिल्ममा अफर आएमा काम गर्नुहुन्छ ? -नगर्ने भन्ने कुरा छैन । कस्तो मेसेज दिने फिल्म हो, कस्तो स्टोरी छ, त्यो हेरेर राम्रो रैछ भने गर्छु ।

- विवाहपूर्वको सेक्स उचित हो ?- हैन जस्तो लाग्छ ।

सेक्सको अनुभव छ कि ? - आइ एम सरी, मलाई अनुभव छैन ।

यत्रो उमेरमा पनि छैन ?- छैन, छैन, भए पो त छ भन्ने ।

भिडियो हेर्नुहोस्